Posted by: Deep April 29, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
जिन्दगिको लगाम आफ्नै हाताँ छ भन्थें, हो रे छ हुन त. लगाम त आफ्नै हाताँ रे
छ तर घोडा कुन सड्को फेरी सकेछन. अब लगाम माईं आफ्नो हाताँ भे र के घोडा
अर्कैको भे पछि. बार्दलिबाट चुरोटको ध्वाँ सल्लाको रुख तिर फुक्दै पुराना दिनहरु
सम्झिरहें.
फोनले चिच्याएर बिगतबाट बर्तमानमा ल्यायो. बिपिनगुरुको फोन रे छ.
हिंजै मात्रै फर्केछ नेपालबाट. गुरु लक्कि हो. दुई हप्ताको बिदामा गाको नेपाल ब्या ठोकेर
आयो. श्रीमती चैं आर्को मैना आउने रे. म नी त गा हो नी चार मैना अघि नेपाल
ब्या गरम भनेर. अब आफुलाई मन पर्याले अरूलाई नै मन पराउने, आफुलाई मन
पराउने मलाई ठिकै लाग्ने. बाउ आमा त्यो नी हुन्छ भन्छन यो पनि हुन्छ भन्छन.
छोटो बिदामा गाको. टेन्सन. बल्ल बल्ल एउटीलाई मनले खा थ्यो फेमेलि पण्डितले
अब अहिलेलाई लगन छैन भन्दिए. भो अब. लगन नभए नि हुन्छ मलाई भन्या काँ हुन्छ
भनेर जम्मै खानिए. गलफतिमै बिदा सकियो. ब्या गर्न पाईन नि. त्यत्तिकै फर्कें.
बिपिनगुरुलाई "आउन त यतै, भात सात खाम अनि ब्याको गफगाफ पनि सुनाउ"
भनेर बोलाई हालें. अब भान्छा तिर नि त लाग्नै पर्यो.
"अमेरिकामा त सधैं दशैं, छाकै पिच्छे मासु भात" शनिबार शनिबार "हाड बोसो अलि
कम है साउजी" भन्दै ल्याको आधा किलो मासु बाउलाई आमाले छानेर उम्दा उम्दा
टुक्रा दिईसकेसी आफनो भागाँ टक्रयाक टक्रयाक गर्दै बरालिने मासुको नाममा हड्डी
त्यो पनि दिउँसो पौने १२ तिर सम्झिदै होला बिरेले उ आको पैलो हप्तामा ५ बर्ष अघि
भनेको हिजै जस्तो लाग्छ. आज पनि बिपिनगुरुलाई अब मासु भात त हो नि, अरु
के त?
ए साच्चिँ म त उता बच्चे कोठाँ आ कुरो गर्दै थें. त्यसरी राति बन्द कोठामा बच्चेलाई
अकस्मात पाउँदा म त आत्तें नि. मेरा आँखा उस्का खुट्टा तिर हानिए, कतै कुर्कुच्चा
अगाडि त फर्क्या छैनन भनेर जिउ झण्डै काम्या. खुट्टा त सोझै छन. म मेरा
अन्यौलता तह लाउदै थिएं, ओच्छ्यानमा अलि पर सर्न उस्ले संकेत गरे झैं लाग्यो.