Posted by: Deep April 28, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
आमन्त्रित मुस्कानले थप उजिल्याएको उस्को मुहारमा त्यहि पढें जे पढन मन
लाग्या थ्यो. मैले त्यो बाँकि भाको एक बित्ता पनि मेटि दिएँ. उ त गोठको आर्को कुना
तिर पो गई. त्यो कुनामा पुगेर मैले भने उस्को हात समाएँ. देखिदैन थ्यो त्यो कुनाबाट
तर पानी बाहिर पर्दै थ्यो क्यार तर आफ्नो मन भित्र भने डढेलो लाग्दो थियो.
"के गरेको?" उस्ले सोधि मानौं थाह छैन तर हात हल्का ताने झैं गरे पनि फुस्काइन.
कर्मण्यबाधिकारस्ते मा फलेसु कदाचन...अर्थात पण्डितहरु भन्छन रे कर्म गर..
त्यसैले म पनि त्यै कर्म गर्ने धुनमा लाग्या थें शब्द खर्च नगरीकन. रन्केको तावा
छेउ जस्तै जम्या घिउ भएनि के? नपग्ली सुख छैन.
डढेलो न हो फैलदो थ्यो उता तिर यता तिर सबै तिर.
बाहिर कतै गित गाको आवाज आयो. बच्चे सम्हालिदै झिमिक्क गर्दा बाहिर पुगि.
म चैं एक छिन गोठ भित्रै अलमल्ल परेर बसें अनि भाग्गेलाई मनमनै सराप्दै निसकिएँ
म नि बाहिर. पानी त रोकिई सकेछ.
"कता पुगेर आकि ए बच्चे एतिबेला?" त्यै गित गाउने भिलेन ले होला सोध्यो.
बच्चेको भन्दा माथि रे छ त्यो भिलेनको घर. घाँडो लाग्यो साथमा. बच्चेका पुग्दा
साँझ टरिसक्या थ्यो.
सामान्य परिचय भो, गफ गाफ भए तर आफनो मन ठेगानमा आकै हैन. आकासमा
त बादल हटे तर मेरो मनमा भने कालो बादम मडारिई रहे.
मेरो सुतने बन्दोबस्तो नी भो. बच्चेको फर्याकफुरुक निक्कै थ्यो.
सुत्न त सुतयो तर नीन्द्रा आएन. नौलो ठाम, नौलो ओछ्यान, पुरानै
बिचार के निन्द्रा लाग्थ्यो. बाहिर जुन लागेका थिए ..रात गहिरिदै गयो..म
छटपटाउदै गए. अब डर पनि लाग्न थाल्यो. अघि भात खाईसकेसि भुतको
कुरो निकालेकोमा अहिले पछुताएँ. भुत आईलाग्यो भने? जिउ सिरिङ्ग भो.
कती बेला आँखा लागेछन कुन्नि तर ढोकाको आग्लो चलाको झैं लागेर निन्द्रा
बिच्कियो. बिहान भाको थे न. जुन लागिनै रा थे. आफनो रेडिएम भाको घडिले
२:३५ देखाउँदै थ्यो. फेरि आग्लो चल्यो. भगवानको नाम जप्दै मुख छोपेर सुत्या
जस्तो गरें. चोर हो कि भुत था भेन. ढोका खुले जस्तो लाग्यो तर हैन रे छ क्यार
केहि चाल चुल सुनिएन.
बाहिर हावा लागिराथ्यो, तय्सैले हुँदो हो ढोका चलाको.
म नि त्यत्तिकै डराएर. "थुक्क डरपोर" आफैंले आफैंलाई भनें अनि कुन बेला देखि
बिस्तारै फेरिराको सास निर्धक्क फेरें. मुख छोपेर सुत्या त निसास्सिएला जस्तो भे र.
अब त न भुत न चोर के मुख छोपाई भो भनेर ओढने मुख बाट हटार त्यै नि ढोका
लागि रा छ छैन हेर्छु भनेर ढोका तिर हेर्छु त मेरो त सातो पुत्लो गयो. ढोका त लागि
राको थ्यो तर....बच्चे! मैले किच्चिएको स्वरले ओच्छ्यान सँगै ठिङ्ग उभ्भेकि
उस्लाई ठम्याउँदै भनें.