Posted by: newuser April 28, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
सेलब्रिटीले फ्यानको so called कविता पढ्नुभयो कि भएन,थाह भएन तर एउटा अर्को कविता टाइप गर्दैछु । यो चैं मेरो होइन। आजै इन्टरनेटमा सुनेको नेपाली कविता । यति मन प-यो कि साझामा पोष्ट गरिदिने जांगर नै चल्यो । इतिहास,तँ आफैलाई कसरी लेख्छस ? - निर्मोही निरोज गुंजन देउराली - ३ भूपतिचोक, नवलपरासी हाल चितवन साइन्स कलेज, भरतपुर अन्यौलका बादलहरु मुनि संकटग्रस्त डीलहरुमा यसपाली पनि सयपत्री फूल्न विर्सेछ कति निर्जन, एकलास छ परिवेश कति निरस्त,निस्सार छ आकाश कोलाहलपूर्ण, रक्ताम्य छातीहरुमा । अव कुनै युवतिलाई सिंगारपटार गर्नुछैन कसैलाई अव हत्तारिंदै माइत जानुछैन किनकी सिंउदोमा धराप विष्फोटन भैसकेको छ अनि कर्मको बाटो हिंड्दा हिंड्दै फेरी कतै सिमानामा अर्को धराप पनि विष्फोटन हुनसक्छ । इतिहास तँ बेर्दै आइरहेको छस् समयलाई हेरौ अब कसरी वेर्छस यी कू-चक्रका उपजहरुलाई सवै जित्न भनेर लागिरहेका बेला अँध्यारो खोल्साहरुमा निर्जन नदिका वगरहरुमा गिद्धहरुले लुछ्दै गरेका लाशहरु र बेवारिसे कङ्कालहरु देखेर तँ जीत कस्को भनेर लेख्छस् ? हेरौं इतिहाँस तैंले अब आफैलाई कसरी लेख्छस् ? Thanks to the poet who I don't know personally.
Read Full Discussion Thread for this article