Posted by: Deep April 28, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
पानी पर्ला पर्ला जस्तै थियो. जबाफ दिनु सट्टा मैले सोधें "अनि तिमि चैं कैले गर्ने त बे?" "म नि ऐले गर्नी बे" "को सँग चैं नसोध्नु नी फेरि" बोली बच्चे. अनि ऊन्मुक्त हाँसो सँगै भनि "तपाईं पनि छक्कै पर्ने कुरा गर्नु हुन्छ हउ". जुरुक्क उठेर उ बाटो लागि. म नी लागें भारी मनले पछि. आज के त हुन्छ, मनमा यो बिचार गाढीँदो थ्यो. खोला तरेर उकालो लाग्दा नलाग्दै पानी छिट्टयायो. आकास हेर्दा ठुलो पानी परला जस्तो त थिएन. नजिकै एउटा गोठ जस्तो रे छ, बच्चे सँगै म नी त्यतै कुदें. पानी एकै छिनमा रोकिन्छ भन्दा भन्दै पन्ध्र बिस मिनेट त बिति सकेछ. कति बेर लाग्छ यहाँबाट तिम्रो घर पुग्न? मैले सोधें. "लाग्छ नी एक घण्टा जति" उस्ले भनी. त्यो गोठ हेर्दा दैनिक चलनमा आको जस्तो देखिदैन थ्यो. "खै त पानी रोकिएन...कैले रोकीने हो?" बेलै नभै साँझ पर्न ला जस्तो बाहिर हेर्दै मैले भनें. "नरोकिए हामि यहीं बास बसम्लान त, हुँदैन?" उ बोली. मैले पुलुक्क उ तिर हेरें. एकै छिन अघि भन्दा नी झन राम्रि भै सकीछ उ त. "तपाईं र म" उस्ले थपि. म भन्दा उ दुई बित्ता मात्रै पर थिई तर त्यस्तो लाग्दैन थ्यो. हुन त जिस्केकी हुँदी हो तर मलाई आगो ताप्या झैं हुन थाल्यो. उ एक बित्ता वर सरी अब सरे बाँकि भाको बित्ता सर्ने पालो मेरो थियो. आँट गरे पो ठाँट गर्न पाईन्छ भन्ने सोचाईलाई जिवन्त गर्दिम त भन्ने मन मेरो नि भो.बच्चेको माथ्लो ज्यानमा अडकेका मेरा आँखा लाई बलै सँग उठाएर उसका नसालु नयन सँग जुधाईदिएँ. आमन्त्रित मुस्कानले थप उजिल्याएको उस्को मुहार...
Read Full Discussion Thread for this article