Posted by: Deep April 28, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
कुराको मर्म आशय प्रष्ट्याउनु न हो. सो को थालनी त्यै बर डाँडामा गरीयो. बाटोमा
उ अघि अघि थिई तर बोलेकी थिईन. मनमा मेरा आशा र निराशाहरु निरन्तर
जुधिरहेका मन बोकेर म पछ्याउँदै थिएँ उस्लाई. त्यो बर डाँडामा नघुर्नु पर्ने ठाममा
अलि धेरै घुरिइछ क्यारे भन्ने खल्लो भाव मनमा बतास झैं चलिरह्यो. एक छिन पछि
बच्चेले म तिर पुलुक्क हेरी. अनुहारमा रीसको कुनै छनक देखिन, मन फेरी मच्चियो.
बर्षाको भेलले होला बाटो अलि असजिलो रे छ एक ठाममा. उ त उक्लेर गै गई मलाई
हम्मे पर्यो. एउटा बुटो समातेर कोशिस गर्नै ला थें, उस्ले हात बढाई.
साईकल सिक्दा जुन खाल्टो बचाउन खोज्यो त्यै खाल्टो तिर साईकल लाग्ने जस्तो
के भाको के भाको त्यो दिन बच्चे सँग जे जे कुरा गरेनी नगरम भन्ने कुरा तिर नै
मेरा कुरा मोडिन्थे.
ठुलो सिमलको रुख मुनि ढुंगामा सुस्ताउन बस्या बेला बच्चेले अनायस सोधि "अनि तपाईं
कैले ब्या गर्ने त? "
"पाए अहिले नै" ह्वात्त निस्कयो मुख बाट.
"को सँग?" निमेष मात्र मलाई हेरेर आँखा खोला पारी लगि.
मुटु धामिको ढ्याङ्ग्रो जस्तो बज्न लायो, आएको जबाफ शब्दमा ढाल्न सकिन.
ब्याको अर्थ एउटै थ्यो त्यतिबेला. मेरो अलमल जेलिदै गर्या बेलाँ वारपार हुने गरी
फेरी हेरी उस्ले मेरा आँखामा हेरीरही अनि दोहोर्याई "को सँग?"