Posted by: Dada Giri April 27, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय १९ राङ्खोलामा गाडिबाट झरेर सञ्जु उकालो लाग्छे। माथि धोबादीको डाँडामा नपुग्दासम्म बाटो अलिक अप्ठ्यारो छ र एकान्त पनि।अनि वनको त्यो टिठ लाग्दो बाटो। राङ्खोलाबाट अलिकति माथि पुगेसी एउटा शिवको मन्दिर आइपुग्छ, सञ्जु मन्दिरमा प्रवेश गर्न खोज्दा बुढोले भन्छ, ?चप्पल बाहिर बाहिर! छालाका हैनन्? छालाका चप्पल लाऽर भित्र आम्न खोज्नी!? सञ्जुले चप्पल खोल्छे र भित्र पसेर यताउता हेर्छे। शिव ** उसलाई अनौठो लाग्छ, टोलाएर हेरिरहन्छे। अनि अर्कैतिर हेर्छे र खै कुन्नि किन हो, एक्लै मुसुक्क हाँस्छे। मन्दिरमा फुलपाती चढाएर अलिकति माथितिर पुगेर आराम गरम् भन्ने हेतुले रुमालले पसिना पुछ्दै बस्छे। एक पटक आफ्नो पैसा राख्ने सानो थैलि फेरि हेर्छे र कसिऽलो पार्छे।अघि मन्दिरमा २ ठाउँमा गरेर २० पैसा चाढाएकी थिई। बाटोमा भाडा पनि तिरेकी थिई। पैसा घट्यो भन्ने पिर हो या के हो कुन्नि सुईईय सुस्केरा हाल्छे। वनको यताउता हेर्छे, बिरानो र सागुँरो अनूभव हुन्छ। बिस्तारै उसलाई अण्धा_अन्धी वनको याद आउँछ र मनमनै गुनगुनाउँछे, "क्यार्दै होलान् अहिले आत्मे र दादा ... ... ...कुच्चि पर्यो तिनेरुलाई त"। *** *** *** यत्तिकैमा तलबाट १ जना केटा आउँछ। बा सञ्जुसित बोल्न पाइने आशले हो बा थाकेर हो त्यो केटा पनि त्यहीँ छेऊमा बस्छ । सञ्जुसित बोल्न खोज्छ, सक्दैन। धेरै बेरपछि नम्र हुँदै सोध्छ। ?कस्तो गर्मी है! ह्याँ भने सित्तल रेऽछ रुखले गर्दा, बुइनी काँ पुग्ने नि यता?? "तलैबाट आउनू भो नि हैन?" ?हजूर!? सञ्जु नचिनेको मानछसित त नम्रतापूर्वक बोल्छे के हाम्लाई मात्र हो नटेर्नी त। ?यता काँ पुग्नी हो त नि? कि घरै यता पर्यो।? केटाले कुरा अगाडि बढाउन खोज्छ। ?हैन मामाघर जाम् कि भूनेर हिनेकी कि। त्यहाँ नागस्थान ।? ?नागस्थान पुग्ने हो, कति टाढा छ है। शुभ नाम के पर्यो बुइनीको?? केटोले आधूनिक पाराले नाम सोध्छ। शूभ नाम भनेको सुनेर सञ्जु त मख्ख नि अब। सञ्जुले कम्मर मरक्क मर्काउँदै जवाफ दिई। ?मेरो शुभ नाम? मेरो शूभ नाम, सञ्जु हो, हजूरको नि?? ?म स् स् सरुभक्त ?। केटोले लाजले काँपेको स्वरमा जवाफ दिन्छ। *** *** *** ?थर के पर्यो नि बुइनीको?? केटोले के सोचेर हो कुन्नि एकै चोटि थर पनि सोध्न पुग्छ। ?सञ्जु हो के।? सञ्जुले जिस्काइदिन्छे केटोलाई। केटोले धेरै सोध्न खोज्दैन यो विषयमा रिसाउँछे के भन्ने डर छ नि फेरि केटोलाई नि। *** *** *** "तिर्खा लायो है।" केटोले केहिछिनको सुन्यतालाई तोड्न खोज्छ। सञ्जु खिसिक्क हाँस्छे र जवाफ दिन्छे। ?ऊ त्याँ धारा छ।? केटोले यो जवाफलाई कुन रुपले लियो कुन्नि तर धारोमा जान्छ र पानी पिउँछ, अनि सोध्छ, ?बुईनीलाई नि ल्याइदिम् पानि?? सञ्जुले कपाल फेरि एक पटक झोलामा हेरेकी हुन्छे , केटोको कुरा सुन्दिन। सरुले सञ्जुलाई कर्कलोको पातमा पानि लिएर फर्किन्छ।अरु कुरा गर्न पाउने झिनो आशामा भन्ने कि के बन्नी नि अब। *** *** *** "बुइनी पानी लिनुस्, चिऽसो छ पानि।" ?धन्यबाद! हजुर त निकै सहृदयी हुनुहुँदो रेऽछ।? सञ्जुले केटोको प्रसंसा गररिदिन्छे। एकैछिनको गफगाफ पछि, बिस्तारै दुबै जना बाटो लाग्छन्। सञ्जुले झोला हातमा झुण्डाएकी छे। अघि गाडिबाट झर्दाखेरि झोलाको त तन्ना नि चुँडिएको नि। ?म लिईदिम् झोला गह्रुगों जस्तो छ।? सञ्जु सोझीले सरुलाई झोला लिन दिन्छे। to be contd.
Read Full Discussion Thread for this article