Posted by: pundit April 27, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
कहाँ भाग्नु दादा, ४.० को खयाल राख्नु परोईन भन्या , ल पढ्म भाग ३ ******************श्री गणेशाय नम: श्री सरस्वत्यै नम: ************************** उपनयतु मंगलं व: सकलजगन्मङ्गलालय श्रीमान: दिनकरकिरण नवोदित नवनलिनदल निभेक्षण कृष्ण: ।। काले बर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी देशोयं क्षोभरहितो सज्जना सन्तु निर्भया ।।१।। भाग ३ सरिता र मेरो नौलो नाताको रौनक नै अर्कै थियो, जिवनले नयाँ मोड न लिएको थियो । जहिले पनि फुरुङ्ग हुदैं क्याम्पस गईन्थ्यो चिट्टिक परेर । ऊ पनि सधैं झन् झन् राम्री देखिन्थिन् । क्याम्पसमा हाम्रो प्रेम-कथा परालको आगो झैं फैलिसकेको थियो । हुँदा हुँदा फेवातालमा डुङ्गा चलाउने दाईले पनि चिनिसक्याथ्यो । अब त संगै नदेखेमा कुरा गर्ने भए साथिहरु पनि । हाम्रो पनि सँगै जीउने बाचा थ्यो । पढाई र प्राक्टिकल पनि सँगै सँगै गर्थ्यौ । अब त आन्तरिक परिक्षामा पनि राम्रो अङ्क आउन थाल्यो । समयले आफ्नो गति लिदैं थियो । क्याम्पसको अन्तिम परिक्षा पनि सकियो । घर जाने त भई हाल्यम् र त्यो पनि सँगै । काठमाण्डौमा चाहि त्यति हाम्रो मिलन भएन , फोन बाटै कुरा हुन्थ्यो, आफ्नो साधन नभाको त्यसमाथि परिवारको डर जो थियो कसैले देख्लाकि भन्ने पिर । हाम्ले पनि आफ्नो मनलाई बाँधेर राख्यौ तर अलि चाडैं फर्कने निधो गर्?यौ । हामिलाई त पोखरा नै स्वच्छन्द आकाश थियो । पोखराको फेवाताल, लेक-साईड, क्याम्पा पछाडिको खुला आकाश अनि अँधेरो गुफाहरु नै हाम्रो प्रियस्थल थिए । मैले फर्कदा खुसुक्क एउटा केमरा किनेर ल्याईँ, फोटो पनि खिच्न हुने र पछि सरुलाई उपहार दिन्छु भनेर ।
Read Full Discussion Thread for this article