Posted by: Deep April 27, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
शुक्रबार साढे एक बजे तिर नै लागियो बाटो. घरबाट उत्तर पूर्बी डाँडा तिर हामी हानिदा घाम बादल भित्रै बाट पश्चिम तिर ओरालो झर्दै थिए. पानी पर्ने हो कि? मैले चिन्ता पोखेँ. के भो त पानी परे नी? उस्ले सोधि. कुरा सामान्य बिषयबाटै शुरु भए. बर डाँडा पुग्दा सबा दुई जति भा हुँदो हो. दखिन तिर बाट चिसो चिसो हावा हल्का लाग्दै थियो. तयाँ चौतारामा एक छिन नबिसाउँदा सम्म कुराले एकसरो बाटो लिँदै थिए. कुरोले बाटो मोड्यो उस्को यो प्रश्नले "तपाईंको त जुँगा पनि आइ सकेछ". प्रश्न अस्वभाविक थिएन तर मेरो मन भित्र खहरेमा भेलझैं मडाँरीदा बिचारले छताछुल्ल भै रा ले होला "तिम्रा नी त आइ सकेचन नी" भन्ने जबाफ पोखियो. "के?" ऊस्ले सोधि. नआको मलाई जबाफ हैन हिम्मत थियो त्यतिबेला तर जब उस्का आँखा उत्तर खोज्दै मेरा आँखामा आएर जुधे, साँझ अघिको पश्चिमे आकास झैं देखियो उस्को अनुहार. लक्षमा स्थिर मेरा आँखाले नि:शब्द दिएका जबाफ बच्चे ले नि:सन्देह पढी.
Read Full Discussion Thread for this article