Posted by: Deep April 27, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
सुगन्ध ले सुन् जसरी प्यारो हुँदो हो चञ्चले स्वभाबले बच्चेको सुन्दरतामा त्यसरी नै योगदान पुर्याको थियो. हात नहालि त कुरै गर्न नजान्ने रे छे उ त. उ र म मात्रै कुरा गर्दा त झन धेरै हात चलाउँथी. यता नी प्याट्ट पार्नी उता च्याप्प गर्नी. त्यत्तिकै. अब कुरा मेरो र बच्चे कै गरी रम होला, कसो? गाम, ठाम, मावली बाजे बजै र अरुहरुको कुरा नी गर्न त हुन्थ्यो तर मलाई अहिले मेरो र बच्चे कै माइ कुरो गर्न मन छ के. कुरा त धेरै छन बच्चे र मेरा तर पनि यो साझामा गर्न गर्न परे सी अलि गाँठि नै कुरो गरम न भन्ने मन भो. भोलि शुक्रबार स्कुल छुटेसी बच्चे घर जाने भई शनिबार आउने गरी. दुई डाँडा पारी झण्डै चार घण्टा लाग्छ रे उस्को घर पुग्न भन्थी. म त सेन्टि भे र धुनधान. बच्चे नभए सि त खत्तम भै गो नी. बिहिबार साँझ घर मुनि कदमको चोपले बबल्स बनाऊँदै उडाउँदै गर्दा आँखामा चमक झल्काउँदै सोधि उस्ले मलाई"जाने हो मेरो घर?" "लाने हो?" मैले उडन्ते आशामा सोधें. "किन सबै तपाईं झैं डरपोक हुन्छन र?" मन्द हाँसो सँगै सोधि. "के डरपोक?" मैले बुझिन कुरो. "तपाईंको हिम्मत छ त मलाई तपाईंको घर लाने?" मन्द हाँसो सँगै कटाक्ष थपेर सोधि. म जबाफ खोज्दै थिएँ, पुलुक्क मेरो अनुहार हेर्दै उ सरासर घर तिर लागी. माथ्लो कान्लाँ पुगेसि फर्केर हेरी साँझ झैं मादक नयन म माथि फ्याल्दै. मेरो जबाफ भेटिनु अघिनै हरायो. मलाई अब बच्चेको घर नगई भे न. तर बाजे बजै सँग कुरो को तालमेल मिलाउने पो कसरी? बेलुका अँगेना वरीपरी बसेर नानाथरी कुरा गरें बाजे बजै सँग तर बच्चे सँग उस्को घर जाउँ भनेर सोध्न जिब्रो अलमलिएको अलमलिए भो. बच्चेले मेरो अलमलाई राम्रै सँग बुझेकी थिई. अवसर पायो कि आँखा जुधाएर मेरो खिल्लि उडाउँथी. बच्चेले बाजे लाई लक्षित गर्दै एक्कासि बोली " बा, म वहाँ लाई लिएर जाम भोलि घर?" "वहाँ" भन्दा म तिर "थुक्क लाछी" नजर हुर्याकी थिई बच्चेले. बाजे बजै दुईटैका आँखा म माथि ठोक्किए तर केहि प्रतिक्रिया आएन. मलाई नि साथि हुन्छ, अनि वहाँले नी हाम्रो गाऊँ देखनु हुन्छ. घुम्न आको मान्छे. बच्चेले थपि. बाजे बजै ले बच्चेलाई औधि माया गर्ने रेछन. मेरो भ्रमण स्विकिर्त भो. यही भ्रमणले त हो मलाई दग्ध गरेको. कसरी?
Read Full Discussion Thread for this article