Posted by: pundit April 25, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
भोलिपल्टको कुरा हो मैले क्यापा पछाडिको ठाँउको कुरो उठाएँ । त्यहाँ खालि फाँटहरु थिए जहाँबाट सेतीका खोंचहरू देखिन्थे अनि त्यहा उफ्रदा पनि थर्केको हो कि भन्ने भान हुन्थ्यो । ठाउँ सुनसान हुन्थ्यो । ऊस्ले सुनेको छु तर गएको छैन भनिन् । मैले ठट्टा गर्?या जस्तो गरि जान्छ्यौ भने हिड भने ऊसले स्विकृति जनाइन् । म भित्रभित्रै मख्ख परें र शुक्रबार साँझ जाने निधो गर्?यौ । त्यसदिन प्राक्टिकल पनि नहुनि र शनिबार अलि भिड पनि हुने भएकोले त्यसरि मिलाएका थियौ । हामि त्यहा गयौ घुम्यौ रमाइलो भयो , त्यहा बोल्दा बोलि फर्केर आउथ्यो । मैले उसलाई जोडले केहि भन्न आग्रह गरे उस्ले मानिन मैले अनि चिच्याएर भने सरू........ उस्को नाम चारै तर्फ गुञ्जाउन थाल्यो सरु सरु सरु सरु उ उ उ उ उ उ उ उ लाजले रातै भई । मैले त्यो भन्दा बढि केहि भनिन उस्ले अप्ठ्यारो मान्या देखेर । हामि नजिकै को ढुङ्गामा आड लगाएर बस्यौ । सरुले मेरो हात हेर्दै भनि " यहिहो मैले कोतारेको " जहा लामो खाटा बसेको थियो । " हो नि त कस्तरि कोतारे कि " मैले भने " खै लेऊ म चाडै निको पार्दिन्छु " भन्दै उस्ले त्यहा चुम्बन गरिन् । " औषधि त तितो होला, म चाखुँ " सरुले पुल्लुक्क हेरि । उस्को हेराइमा धेरै गहिराई थियो । म त्यसगहिराइमा चुर्लुम्म डुबें , सरु पनि म सँगै हराई ।
Read Full Discussion Thread for this article