Posted by: Dada Giri April 25, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय १८ आकाशमा बादल लागेको छैन तर मेरो मनमा बादल लागेको छ। खोला ठुलो छैन तर म र सञ्जुको बिचको खोला ठुलो लागेको छ। मानौँ आज खहरे बढेको छ। मेरो मनको व्यथा न त आत्मारामलाई नै थाहा छ न त टारी घरे दाइलाई नै थाहा छ। यदि थाहा छ भने सञ्जुलाई नै थाहा होला। तरपनि टारिघरे दाइले तास खेल्न कर गर्न छोडेनन् र हामी तास खेल्दै दिन काट्ने धुनमा मस्त छौँ। *** *** *** ?हैन मिलेन अघि तैँले हुकुम (spade) को खेलमा हुकुम छैन भनेर पानको चौका फालिस्, अहिले यो हुकुमको २क्का कहाँ बा्ट ल्याइस्? झ्याल्ली भो! झ्याल्ली!? टारी घरे दाइले आत्मारामलाई हकारे। आत्मारामको झ्याल्ली गर्ने बानी त छँदैछ नि फेरि। मलाई पत्तो नै भेऽन। होस् पनि किन र? सँधै झैँ गोधुली साँझको बेलामा हामेरु घर फर्केम्। मलाई रातभरि छटपटि हुन्थ्यो भोलि सञ्जुसित कसरी बोल्नी होला। कसो गर्दा भेट होला,सञ्जु पारिको पारि र म वारिको वारि नै भेऽर दिनहरु बिते। हाम्रा कैयौँ दिनहरु यसरी नै बिते। *** *** *** धेरै दिनपछि, हामी आज भने हामी पारि नै गएम् लौ जा त, अँलैचिबारितिरै। सञ्जु पनि आई हाम्ले माथिबाट हेर्दै छम्। म पहिला सामान्य व्यबहार गर्ने अनि सञ्जुको प्रतिकृया अनूसार चल्ने मनसायमा छु। "हामी लुकम् भाइ!" मैले अक्किल निकालेँ, किन निकालेँ त्यो त आँफैलाई थाहा छैन नि फेरि। हामी धेरैबेर लुकियो। अनि अब त आइपुग्नु पर्नी हो। भुनेर यसो हेर्या त आज त सञ्जु त उता गइछ, पारि। "के हो यस्तो हामी पारि जाँदा सञ्जु वारी , हामी वारी जाँदा सञ्जु पारि हुन्छे बा। कस्तो भाग्यले नि साथ नदिएको हाम्लाई त। जान्नी नपल्टिकन नलुक्या भे नि हुन्थ्यो नि, आउने पो थिई कि हाम्लाई देखेसी, हिजो केही नमिलेर उता गाऽ मात्र पो हो कि।" म पछुताएँ। *** *** *** आत्माराम र म तल झरियो। माछा मार्न थालियो सञ्जुको ध्यान आकर्षण गर्नलाई मैले ठुला ठुला ढुगां उचालेर बजार्थेँ। घरि रहमा ठुलो ढुगां फालेर "ओ हो! क्या मज्जा भो!" भन्थेँ। अनि माथि फर्केर हेर्थेँ अँ हँ सञ्जुले हेर्नी हैन। हाम्ले माछा मारियो, पोलियो, सञ्जुतिर हेरियो। अँ हँ प्रतिकृया भनेसी ठ्याम्मै छैन बा। आत्माराम र मैले योजना बनाएम् भोलिको लागि। "हेर आत्मे त्यो सञ्जु रिसाए जस्तो छ हामिसित। यसो गर्न पर्यो, भोलि तँ पारितिर जा, म वारितिर जान्छु एकजना त पक्कै भेट भइन्छ।" हाम्ले यति सल्लाह गरेर फर्कियो आजलाई। *** *** *** भोलिपल्ट सल्लाह अनूसार नै बनम् न म यता गएँ , आत्माराम उता गयो। कुर्दा कुर्दा आज त सञ्जु नै आइन लौ जा त। यसरी २,४ दिन बिते। सञ्जु कहाँ गइहोला ... ... ... to be contd.
Read Full Discussion Thread for this article