Posted by: kisser April 24, 2005
Hang the Journalists
Login in to Rate this Post:     0       ?        
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रजिअ श्री वामनप्रसाद न्यौपाने समक्ष बुधवार साप्ताहिकका सम्पादक सूर्य थापाले गरेको बयान स. १. तपाईंको नाम, बाबुको नाम, उमेर, पेशा वतन खुलाइदिनुहोस् ज. मेरो नाम सूर्य थापा, बाबुको नाम खेतबहादुर थापा, उमेरमा ३० वर्षको भएँ, पेशा बुधवार साप्ताहिकको सम्पादक भएकोले पत्रकारिता, घर प्यूठान बाङ्गेमरोठ गाविस वडा नं. ९ मा पर्छ । स.२. तपाईं आज यस कार्यालयमा किन आउनुभएको हो ? ज. मसँग केही कुरा बुझ्नुपर्ने भएकोले यस कार्यालयमा उपस्थित हुन फोनद्वारा खबर प्राप्त गरेकोले उपस्थित भएको हुँ । स.३. मिति २०६१/१२/१७ को बुधवार साप्ताहिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुन आशय र मनशाय के हो ? ज. भुटानमा नयाँ संविधानको मस्यौदा जारी भएको र छलफलको प्रक्रिया अघि बढेको सर्न्दर्भमा त्यहाँका राजा जिग्मे सिंगे वाङचुकले ?राजाभन्दा देश धेरै महत्वपुर्ण हुन्छ? भनिबक्सेको कुरा पत्रपत्रिकामा आएकै कुरा हो । त्यहाँको राजतन्त्र निर्दलीय हुकुमशाहीबाट नयाँ संविधानसँगै प्रजातान्त्रिक र संवैधानिक संरचनामा रूपान्तरण हुन अग्रसर भएको प्रसँगलाई पत्रपत्रिकाले निकै महत्वका साथ छापेका थिए । हाम्रा कार्टुनिष्ट बासु क्षितिजले चैत १७ गतेको अंकमा दुइजना सामान्य मान्छेबीचको संवादलाई नेपाल र भुटानको संविधानको हैसियतसँग तुलना गर्नुभएको छ । जसमा भनिएको छ- ?भुटानमा नयाँ प्रजातान्त्रिक संविधानको तयारी । ? भनेपछि हामी भुटानभन्दा अगाडि छौं कि पछाडि हँ ?? यो संवादमार्फ् एकजना मान्छेले दुइ राजतन्त्रात्मक देश नेपाल र भुटानबीच तुलना गरेको स्पष्टै छ । दक्षिण एसियामा राजतन्त्रात्मक देशहरू नेपाल र भुटान मात्रै हुन् । भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र बंगलादेशमा गणतन्त्र छ । ती देशको संविधानसँग हाम्रो मुलुकको संविधानको कसरी तुलना हुनसक्छ र ? नेपाल र भारतबीचको तुलना न्यायोचित हुँदैन । तर भुटान र नेपालमा यो तुलना सम्भव हुन्छ र जनमानसमा यसरी तुलना भएको हुनुपर्छ भन्ने आशय हो । दुइ देशका संविधानबीचको तुलना गर्नुको आशय र नियत स्पष्ट गराइरहनुपर्छ र ? स.४. बुधवार साप्ताहिक सोही अंकमा ?प्रजातन्त्र कहाँ छ महाराज ?? भन्ने शीर्षकमा प्रकाशित समाचार सूचना तथा सञ्चार मन्त्रालयबाट मिति २०६१/१०/२० मा जारी भएको सूचना विपरीत र शाही घोषणाको मर्मलाई लाञ्छित गर्ने अभ्रिप्रायले प्रकाशन गरिएको जस्तो देखिन्छ । यसमा उक्त समाचार प्रकाशन गर्नुको तपाईंको मनशाय के हो ? स्पष्ट गरिदिनुहोस् ।
Read Full Discussion Thread for this article