Posted by: Dada_Giri April 22, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय १६ "झ्वाम्म हाम्फालेको त पानी त साह्रै चिसो छ बा। क्यार्नु फुङ्गालिहालियो, बेर्थै फुङगालेको, मर्नी बेलाँ नि कस्तो जाडो हुने भो, बाक्लो सुइटर र लाखु टोपी लगाऽर आउनु पर्ने रेछ" भुनेर म मनमनै सोच्दै थिएँ। "हो, ह्याँ राख्नी यल्लाई।" ढोका ढक्क्रक्क पार्दै च्याँके र हगुवा मेलामा भाँचिएको बेन्च लिएर भण्डार कोठा भित्र पसेको आवाजले म त झसङ्ग पर्दै ब्युँझे। सञ्जु भाग्दै गएपछि उदेक हुँदै, रुँदै म त भण्डार कोठामै निदाएर सपनामा पो पुग्या रेऽ छु त। सपनामा खोले खाएको भन्या यही हो। "ए दादा, कताबाट छिरिस्? चाँपी लगाऽ थियो त, तँ त मुसो होस् कि क्या हो?" च्याँकेले हाँस्दै सोध्यो। "हेर् न विहान चाँडो उठेको अनि दिनभरिको काम र नाचले म त थाकेर ह्याँ यसो लड्या थिएँ, निदाइहाँलेछु।।" मैले हत्तपत्त पाएँट मिलाउँदै समालिएर च्याँकेलाई ढाँटे। "ऊ त्यो झ्यालबाट छिर्या के अस्ति नै तैँले सिकाऽको बिर्सिस?" मैले च्याँकेलाई संझाएँ। "त्यहाँऽट छिरेको होस्? मसित चाँपि माग्या भे भइहाल्थ्यो नि।" च्याँकेले मसित निहु खोज्ने त कुरै भेऽन। दोष्ती हो नि जे भए नि। *** *** *** एक मनले सार्है खुशि पनि भएँ, अब कहाँ यो जवानीमा भुते रहमा हाम्फालेको सपना देखेँछु। त्यो पनि सञ्जुसित सँगै। मलाई मार्नी थिए नत्र त गाऊँमा धन्न सपना रेऽछ र मात्र। तर पनि मेरो मन ढुक ढुक हुन छोडेन। मनमनै सोचेँ "सपनामा खोले खाएको भन्या यही हो"। बिपना मै त्यस्तो भाऽ भेऽ पो मरमज्जा हुन्थ्यो। अनि मेला सकिएसी म घर फर्किन खोजेँ, सञ्जु र आत्मारामलाई यताउता खोज्छु त छैनन्, २टै फेलै पर्दैनन् बा। मनमा धेरै कुराहरु खेले। राती पनि निद्रै लागेन। लागोस् पनि किन दिउसै भण्डार कोठाँ निदाइसकेँ एकछिन, त्यसै माथि सञ्जुले केही जवाफ दिएकी पनि छैन। भोलि भुते रहमा आउने हो कि हैन। बा घर भन्दीई तेल्ले त। मलाई त रातभरि पिरै पिर नि अब। *** *** *** भोलिपल्ट बिहान घाँस काट्दा पनि मेरा हात काँपिरहेका थिए, भाद्रको विहानीको त्यो शित र जाडोले भन्नी कि हिजोको सञ्जुसित सँगै हाम्फालेको सपनाले भन्नी नि अब। म खरबारीमा, हिजो सञ्जुसितै नाचेका र अरु हिजोको मेलाका अग्र गितहरु गुनगुनाउँदै घाँस काट्दै थिएँ। 'देऊरालि वनैमा घाँस काटी, लाउँला पिरती! देऊरालि वनैमा घाँस काटी, लाउँला पिरती! "खायो बरै खशिले डाली नुगाई घाँस! खायो बरै खशिले डाली नुगाई घाँस! ... ... ..." म घाँस काट्दाखेरि झण्डै नाचेको हुन्थेँ। चालै नपाइकन हँसियाले हात काटेछ। नजिकैको पाती निचोरेर लगाएँ। पऽरबाट आत्मारामले सुसेल्दै बोलायो, आफ्नो खरबारिबाट र मेरो ध्यान आकर्षण गर्यो। "सुई सुसु सुईई" यसको अर्थ "ए! दादा गिरि!" हुन्थ्यो के। "ए! आत्मे ! यता आ त" मैले उल्टै उसलाई यता बोलाएँ। हिजोसम्म भने आत्माराम र मेरो बिचमा अलिकति कटुता थियो । कारण उही त हो नि आत्माराम र म नाच्ने भन्या गितमा मैले आत्मेको सट्टा सञ्जुलाई हाल्नी भन्या थिएँ नि त। म त्यो कटुतालाई न्युन गर्न चाहान्थेँ। "किन र?" आत्माराम नजिँकिँदै आयो। *** *** *** to be contd.
Read Full Discussion Thread for this article