Posted by: Nirman April 22, 2005
Login in to Rate this Post:
0
?
अन्तिम भाग::
********************************************
यस्तै अमुल्य तर मुल्यहिन भावनालाइ समेटेर ओरालो लागियो, र जुके खोला आइपुगेपछिको उकालो लागियो। हिजो शायद साथिले भनेको सिमाना यहि होला, एकथरि पारीबाट जिस्काउने अर्को थरि वारीबाट गोली हान्ने अनि बिचमा जनता मर्ने, अनौठो छ देशको अवस्था नि।
बिस्तारै उकालो काटेर माथि भोजपुर पुग्यौ। भोजपुर छिरिसकेपछि, हाम्रो अफिस भएको ठाउँसम्म पुग्न ब्यारेको कटेर जानु पर्ने रैछ। अब त धुक्क भइयो भनेर बाटो लाग्दै थियौं,
::ऐ, रोकौ त।:: कसैले पछाडिबाट खरोसित बोलाए।
यसो हेरेको त म भन्दा कान्छो होला ती भाइ, सिपाहि रहेछन।
::हजुर।:: मैले फर्केर भने।
::कहाँबाट आएको।:: खरो लवजमै उनले बोले।
मेरो कार्ड निकाल्दै आफ्नो परिचय दिदै मैले भने,
::हामी सडकका स्टाफ हौ, माथि अफिससम्म जान लागेको।::
यसो कार्ड हेरेको जस्तो गर्यो अनि कार्ड फिर्ता दिंदै भन्यो,
::कार्ड सार्ड छोडौ, को हो को हो नि,झोलाहरु जम्मै खोलौ त।:: हुकुम गर्दै ति भाइले भन्यो।
मलाइ आफ्ना झोला देखाउन त केहि आपत्ती थिएन तर त्यो भाइको बोलीको जुन लवज थियो शायद त्यसबाट मनमा साह्रै रिस उठ्यो। अब यहाँ नि बन्दुक नै छ अगाडि के बोल्नु। जम्मै देखाएछि ती भाइले जान दिए, तर धम्किपुर्ण वाक्य बोल्दै,
::मास्तिर त खुब भेटिन्छन् होला नि आतङ्ककारिहरु, कि तिमीहरु नि लागेका छौ??::
अब आफु के बोल्नु खुरु खुरु लागियो आफ्नो बाटो, केहि वास्ता नगर्दै।
शायद बन्दुक बोल्ने देशाँ मान्छेको बोलीको महत्व नहुँदो हो, र मान्छेको ज्यानको पनि।
एउटा पंक्ति फुर्यो मेरो मनमा:
::बन्दुक र बारुद बोल्ने देशमा बुद्ध नि रुन्छ रे,
बन्दुक बोलेछि मान्छेको मोल नि पशु सरह हुन्छ रे।::
मेरो गन्तव्य आइसकेको थ्यो तर यो देशको अनिशचित गन्तव्य ठम्याउन मलाइ हम्मे हम्मे नै पर्यो।
***************************अस्तु***************************
मेरो भन्नु:
यो संस्मरण मेरो एकैपटकको नभएर धेरै पटकको फिल्ड ट्रिपमा आधारीत हो र यस्मा मैले अहिलेको मेरो देशको स्थिति दर्शाउन खोजेको छु। यहाँ भएका घटनाहरु ती धेरै पटकका फिल्ड ट्रिपमा भएका भएनि एकै पटकका भनेर देखाइएका छन्। शायद यो बन्दुकको कोलाहलवाट निस्कने बाटो त बन्दुक समाउने हातहरुलाई नै थाहा होला, तर हामी पनि यो देशको नागरिक भएकाले हाम्रो नि स्वतन्त्रतापुर्वक जिउने हाम्रो नि अधिकार हो जुन कुनै पनि हालतमा दुइ बन्दुकको लडाइमा खोसिनु हुन्दैन। यो संस्मरण यो हिंसामा ज्यान गुमाउने जम्मै नेपालीमा समर्पण गर्दै मेरो दुई शब्द यहिं टुङ्ग्याउछु।