Posted by: SaruBhakta-II April 21, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
बिचरा निर्माण भाइ , दादा जीले बरु के को हो कुन्नि मग मग बासना त भेट्टाउनु भाथ्यो, तिमी त बारुदको बासनामा मात्र परेछौ। बाटोको मादल बजाउन खोज्दा उल्टै डम्फु बज्छ कि जस्तो रैछ है त्यता त। आफू पनि सर्भे गर्न सिन्धुली जाँदाको याद आयो । उनिहरुकै क्षेत्रमा पुगिएछ, रात भरि निदाको भे, मरिजाम ल। बिहानी पख साहु जी ले ढोका खोल्दा, ढोकाको आग्लो देखेर हामी त चिच्याएको नि डर ले। गाउँको घर। आग्लो पनि ध्वाँसोले कालै भा'रैछ, बन्दुक भनेर हामी त खर्याम् खुरुम नि। यसो पछाडि हेर्या त एकजना साथि त खाटमुनि पसिसक्या रैछ। :) म चैँ हैन है खाटमुनि पस्या, साँच्चि भुन्या ल। :p ल ल निर्माण, छापामारको पनि मनै त हो, पत्थर होइन क्या रे। नाइटो छोपेर पछि लागम्, फेरि नपत्त्याउलान भनेर क्या, नझरेको देखेर। :) -सरु
Read Full Discussion Thread for this article