Posted by: Nirman April 21, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
मेरा मित्र चाडो चाडो बाहिर निस्कनु भो, म नि अलि उत्सुकता जागेर, अनि अलि तीनै बैनि पो हुन् कि भन्ने आशमा बार्दलीसम्म निस्के। ::ल कमरेड, आज हामीलाई यहाँ खाने-बस्ने व्यवस्था मिलाउनु पर्यो।:: अगि नै हटियामा देखिइका भिलेन रैछन् यसो बैनीहरु नि होलान् कि भनेर हेरेको, खोइ देखिदै देखिइनन्। ::खोइ, हाम्रा नि पाहुना आएका छन्, बस्ने ठाम त पुग्दैन कि??:: मित्रले सकेसम्म ताल्नुभो। ::अरुहरुको व्यवस्था भैसके, हामी ३ ४ जना हौ, यसो मिलाउनुपर्यो नि जसरि भएनि।:: अलि खरो स्वरमा उस्ले भन्यो। अब बन्दुकको अगाडि हाम्रो के लाग्नु, मित्रले केहि बोल्न सक्नु भएन। राति खान पिन गरेर, सुत्न कोटातिर लागियो, यसो कोठा गएर हेरेको त २ वटा खाट त कब्जा भेसकेका रहेछन। बाँकि खाट १ वटा, त्यो पनि कोठामा उनीहरुका सकेट बम र बन्दुकहरु छेउछाउमै, के हिम्मत जाग्नु नि त्यहा सुत्न। मित्र, म र लोक दाइ लागेम् बारीतिर, अब १९०० मि. को उचाइमा त्यो नि राति चिसोले छोइनसक्नु, बल्ल लोक दाइले जुक्ति निकाल्नुभो र आगो बाल्नु भो अगेनामा, त्यहि आगो तापेर थुर थुर काम्दै रात बिताउन थालियो। भाग्यले त बल्ल पो चमत्कार देखायो, खुब भाग्य बलियो भनेर चम्किएको, घरबाट निस्कदा घर परिवारले ?एक्लो छस्, केटिहरुको पछि लाग्ने होइन नि, फेरि फस्लास्।:: भनेको झल्झली याद पो आउन थाल्यो। ********************************************
Read Full Discussion Thread for this article