Posted by: Nirman April 21, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
लम्बिदैन सकिनै लाग्यो है....ल ल नयाँ भाग पस्के, जस्तो भएनि स्वाद मानेर चाखम् है: ******************************************** बस्न त बसियो तर खोइ ती बहिनीहरु भने देखिएनन्। अब घुम्न जाम भने घुम्ने ठाम देखेको छैन। पर्नु आपत परिराखेको थ्यो आफुलाई। ::आज तल स्कुल अगाडि हटिया लाग्छ, हेर्न जाने कि निर्माणजी??:: मेरा मित्रले प्रस्ताव राखे। आज त भाग्य बलियो नै रैछ भन्ने ठानियो, कसैले व्याकग्राउन्डमा ::तँ चिता म पुर्याउछु:: भनेको जस्तो, च्याट्ट परेर शुक्रबारे हटिया घुम्न गइयो। तल हटियामा गएर बजार घुमियो। बजार त के भन्ने दुई पाइलामा सक्ने बजार नि, तर आफ्नो मनसाय अर्कै थ्यो हटियाको के मतलब भो र। यसो मेरा लोभि नजर घुमाउन थालियो। भाग्य बलियो नै रैछ त्यो दिन त। अलि पर डिल माथि रैछन् बैनीहरु। तर संगै अरुहरु नि रैछन्, छापामार भनाउँदाहरु। जो भएनी मतलब नराखिकन नजर चोरी चोरी हेर्न थाले। २ ४ पटक पछि पो याद भो, ती बैनी नि यसो हेर्दा रैछन् मतिर, मेरी बास्सै, सातौ आकाशमा पुगेको जस्तो भैहाल्यो नि आफुलाइ त। जे भएनि, नजरको टक्कर जस्तै चल्यो भनौ न, अब ती बैनीले के थानेर हेरे त्यो त उनै जानुन्, तर आफ्ना मनमा भने लड्डुहरु फुरिराखेका थे। अब के लड्डु भनेर बिस्तृत भन्न त ५ १० पान्ना नै लाग्ला। एकछिन के नजर मिलेको भिलेनहरु नि आइहाले, खोइ तिनीहरुको नेता सेता को होला, बोलाएर लगिगो, आफ्ना मनका लड्डु घिउसंग क्वाप हुनेगरि। जानेबेलामा ती बैनीले २ ४ पटक फर्केर हेरि, मेरा मनमा किन्चित आशा जाग्ने गरि। अब त्यो हटियामा नि के मन लाग्नु नि आफ्नो, इच्छा लागेको मान्छे नै नभए छि। ::जाम् यार अफिसतिर।:: मित्रलाइ भनें। ::एकछिन यसो किनमेल गरम् न।:: मित्रको मेशको लागि केहि किन्नुपर्ने रैछ, आफ्ना भने मन नै अर्को ठाममा मित्रले कुरा बिझे त मरिजाम्। केहि किनमेल गरियो अनि फर्कियो अफिसतिर, तर ती बैनीहरु कतै बिलिन भेसकेका रहेछन। बेलिकी हामी यता उताका गफ गर्दै थिएम्, बाहिर लोक दाइ अत्तालिंदै आउनु भो। लोक दाइ त्यहि श्यामशिलामा मेशको काम गर्नुहुन्थयो, मेसेन्जर पोष्ट भएनि मेश नि म्यानेज गर्नुपर्ने। ::सर, उनीहरु आएका छन्।::
Read Full Discussion Thread for this article