Posted by: Nepe April 20, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
कुन्साङ काकाको यो महफिल जारी राख्ने हेतुले उनको अलिक पुरानो तर जारी रहेको हुनेहुनामीको अचुक भविष्यावाणी भएको यो लेख यहाँ . . . . बेलाको बोली मोहसिनको ध्वाँस र नत्रवादीहरूको इतिहास Nov 16, 2004 खगेन्द्र संग्रौला जब प्रधानमन्त्री देउवा बोल्छन्, सुन्नेहरू हाँस्छन् । कारण देउवा इतिहासका दोयम दर्जाका हास्यपात्र हुन् भन्ने कुरा जगत्लाई अवगत छ । जब उपप्रधानमन्त्री अधिकारी बोल्छन्, सुन्नेहरू मुख छोप्छन् । कारण यी अधिकारी सङ्कटकालीन इतिहासका अब्बल दर्जाका जोक्कर हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ । तर जब सञ्चारमन्त्री मोहसिन बोल्छन्, मानिसहरू झस्किंदै सास रोकेर कान थाप्छन् । कारण खुलस्त छ । सरकारमा देउवा मानवरूपी बडा बुख्याँचा हुन् । उनको शरीरको रूपरेखा छ, तर त्यो शरीर चेतनाशून्य छ । सरकारमा अधिकारी छोटा बुख्याँचा हुन् । छनलाई शरीरको रूपरेखा उनको पनि छ, तर त्यो सामर्थ्यशून्य छ । तर मोहसिनको भने मुख पनि छ, र प्रतिगामी प्रकृतिको चेतना वा सामर्थ्य पनि छ । अकिञ्चन कुन्साङ काकालाई थाहा छ ( मोहसिनका मुखबाट शक्तिको भाषामा दरबारको सपना बोल्छ । त्यो सपना अर्थपूर्ण हुन्छ । मोहसिन दरबारका ध्वनि हुन् । देउवा र अधिकारी उक्त ध्वनिका प्रतिध्वनि हुन् । मोहसिन देह हुन्, देउवा र अधिकारी सो देहका निरीह छायाँ । जब मोहसिनका कुटिल ओठ खोल्छन्, उनको बोलीबाट राजनीतिक जगत्मा अर्ढाई रेक्टर स्केलको भुइँचालो जान्छ । भुइँचालाको झट्काले तान्त्रिक काङ्ग्रेस र एमाले वृत्त भयातुर भई हल्लिन्छ ।सरकारमा तान्त्रिक काङ्ग्रेस र एमाले माओवादी, रत्नपार्कवादी, सञ्चार र नागरिक समाजलाई तर्साएर दरबारको बाली जोगाउन राखिएका बुख्याँचा हुन् । जब एकतन्त्रको एक बाली पाक्छ, बाली उठाइन्छ र बुख्याँचालाई बारीमै त्यागिन्छ । एकतन्त्रको पहिलो बाली पाक्यो र चन्दरूपी बुख्याँचागणलाई परित्याग गरियो । दोस्रो बाली पाक्यो र थापारूपी बुख्याँचागणलाई परित्याग गरियो । अब तेस्रो बाली पाक्ने क्रममा छ । यो पाकेपछि तान्त्रिक काङ्ग्रेस र एमालेरूपी बुख्याँचालाई पनि परित्याग गरिनेछ । संसारैभरि बुख्याँचाको दुःखद् नियति यही नै हो । लक्षण हेर्दा तेस्रो बुख्याँचाको मिति पुग्न लागेको छनक पाइन्छ । मोहसिनको ध्वाँसपूर्ण उद्?घोष बाट बुझिने कुरा यही हो ।
Read Full Discussion Thread for this article