Posted by: Nirman April 20, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
::यतातिर उतिसाह्रो छैन कि के हो उनीहरु??:: मैले यसो कुरा निकाले। ::अँ, त्यत्ती छैनन् तर आउँछन् बेला बेलामा, अगि नि २ ४ जना देखिएका थिए, यतै कतै होलान् अहिले, उ त्यहि पर जुके खोलासम्म हो नयाँ सत्ताको सिमाना।:: मित्रले कुरा स्पष्ट पारिदिनुभो। मेरो मनमा चाहि नयाँ आशा पलाइहाल्यो, फेरि ती बैनी भेटिएला कि भनेर। अब भन्न त भएन नि, मोराहरुको नि के भर फेरि उनीहरुले ने आँखा लायो भने। ::अब २ घण्टा हो भोजपुर, कि आज यतै बस्ने हो कि। यसो आर ई सरलाइ भेटेर जाने कि यार।:: अब आफुलाई के निहु पाउँ कनिका केलाउँ भएको बेलामा मित्रले नि प्रस्ताव राखेको त नाई किन भन्नु नि। बसियो श्यामशिला मै , फेरि भेट होला कि भन्ने आशमा। ********************************************
Read Full Discussion Thread for this article