Posted by: Nirman April 20, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ओहो!!! रुइना नि आइपुगिछन् चकटी बोकेर, ;-P..कि इण्डिलाइ देखेर आएकि हुन्...कुरै बुझ्न गाह्रो...;O)....हाहाहाहाहा जिस्काएको नि है फेरि...हाहाहाहाहा
अनि के हो छापामार पर्यौ कि के हो तिमि नि.. ... :OS....
ल ल मेरो नयाँ भाग:
********************************************
एकछिन चिया खान बसेको त चिसो लागिहाल्यो हिले भन्जयाङ्गको, उचाइमा भएकोले होला, चिसो सिरेटो चलेको। जे भएनि एकछिन चिया खाएर हिँडियो फेरि उकालो। मनमा फेरि ति बैनी भेटेला कि भन्ने आश चाहि थ्यो त्यहि भएर अलि छिटो पाइला चाल्न थालें। बिचरा लोक दाइको भारी भएर होला, मलाई भेट्टाउन अलि हम्मे हम्मे नै पर्यो।
::सर, पुगिन्छ अब १ घण्टामा, हतार नगरे हुन्छ।:: मेरो मनको कुरा नबुझि बुढाले प्वाक्कै भनिहाल्यो।
::बाटा त हराइन्न नि होइन, दाई।:: मैले अर्कै योजना बनाएर दाइलाइ सोधें।
::सिधै छ सर बाटो त, हाम्रो साईट अफिस चाहि अलि भित्र छ।:: दाइले उत्तर दिनुभो।
::ए, थाहा पाइन्न, श्यामशिलामा गएर सोध्यो भने??पाइन्छ भने म गएर खाना भन्दै गर्छु नि।:: आफ्नो सानो योजना कार्यान्वयन गर्न बुढालाइ पटाउन खोजें।
::पाइन त पाइन्छ नि सर, तर संगै लाग्दा राम्रो होला, बाटामा उनीहरुको सेन्ट्रि बसेका हुन्छन्, फेरि अप्ठ्यारो पर्ला को भनेर सर।:: बुढाले थाहा पाइछ कि के हो मेरो योजना, सात्तो खाइहाल्यो मेरो, हिजोको सोधपुछको एक्सन रिप्ले पो हुन थाल्यो मेरो आँखा अगाडि।
अब ज्यान रहे फेरि भेट होला नि ती बैनी भनेर मनलाइ सम्झाएं अनि लोक दाइसंगै लाग्न थाले उकालो।
उकालो नि कत्ति हो, जति चढे नि सकिन्न। बुढालाइ सोधें फेरि,
::अझ कति छ दाई उकालो??::
::छैन सर, अब सक्यो, श्यामशिलाबाट झरेछि भोजपुर पुग्न चाहि अलि उकालो छ।::
लोक दाइको कुरा चाहि मलाइ अलि पट्याउन गार्हो नै परिराखेको थ्यो। यसो उकालो कति बाँकि छ भनेर मास्तिर हेरे। यसो हेरेको त माथि डाँडामा एकजना भाइलाइ देखे। म भन्दा ४ ५ वर्ष कान्छो होला शायद, बन्दुक लिएर तम्तयार पोजिसनमा, अलि डर लाग्यो अनि दाईलाई बिस्तारै सोधें,
::माथि त छ नि दाई::
::अँ सेन्ट्रि होला सर, यस्तै हो, अलि चनाखो भएर हिड्नु है सर।::
अब चाहि फेरि मनमा ध्याङ्ग्रो ठोक्यो। जे भएनि भइन्छ भनेर मनलाइ सम्झाउन खोजे अनि हिड्न थालें। यस्पाली चाहि भाग्य रैछ भन्नु पर्ला, रोकेन कसैले नि।
श्यामशिला नि आइपुगेछ, अब यहाँ नि आफ्नै ब्याचका मित्रहरु रैछन् । हाइ हेल्लो गरेर साइट अफिस भित्र छिरेर कुरा गर्न थालियो।