Posted by: Nirman April 19, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
भो पुन्टे मेरो शालिक चाहिदैन बरु मेरो प्रेरना दादाको बनाम्। पण्दितले चाहि बरु गाठी कुरा गर्यो मलाई फुनको माला भय पुग्छ; ल नयाँ भाग: ******************************************** ::बिहान झिस्मिसे मै निस्क्यो भने बिहानको भात खान श्यामशिला पुगिन्छ, सर:: लोक दाइको कुरा मनमा लिएर सुतेको भएनि नानीदेखि लागेको बानी कहाँ जानु नि छिटो। बिहान उठ्दा त घाम डाँडामाथि आइपुगिसकेछ। चाँडो चाँडो झितिगुन्टा बोकेर बाटो लाग्ने तरखर गर्दा त घडिमा नि ठ्याम्मै ७::३० भेसकेछ। ::लौ दाई, चाँडो लागम्।:: जो चोर उस्को ठुलो स्वर भनेझै मैले लोक दाइलाइ बाटो लाग्न बोलाएँ। साबुङ्गका साथीभाइसंग बिदावारि भै फेरि उकालो लागियो, श्यामशिला पुग्न। अलि उचाइमा भएकोले हुनुपर्छ साबुङ्गमा अलि जाडो रैछ बिहान। त्यहि भएर स्वेटर लाएर हिंडेको, उकालोले देखाइहाल्यो आफ्नो तागत। ::गर्मि हुँदो रैछ है, दाइ।:: स्वेटर फुकाल्दै मैले लोक दाइसंग गफगर्ने मेसो निकालें। ::हो नि सर, उकालोले गर्दा गर्मि हुन्छ, तर माथि श्यामशिलामा त चिसो नै छ।:: धारा रहेछ बाटोमा, धारा देखेर हो कि गर्मि नै भएर, मलाई अलि प्यास लागिहाल्यो। यसो पानी खाइराखेको थिएँ, पछाडी मान्छे कुरिराखेको त पत्तै पाएनछु। यसो फर्केको त बन्दुक देख्दा त झसङ्गै भएँ। हिजोका बैनिहरु रहेछन। धन्न हिजो देखेकोले चिनिहाले नभए अर्को स्पष्टिकरण बुझाउनुपर्ने। उनीहरु नि श्यामशिलातिरै लागेका रहेछन्। राम्री बहिनी नि छ कि भनेर लोभि आँखा डुलाएको त अलि पर रैछन्। एक मनले अब बाटो चाहि राम्रै कट्ने भो जस्तो लाग्यो। तर बन्दुकले मलाइ मेरो मिठो सपनाबाट झक्झकाइहाल्यो, अर्को मनमा सार्है डर लाग्यो, बाटोमा सेना भेट्यो भने त हनिहरु त सखाप सखाप आफु नि दोहोरो भिडन्तमा परेर शहिद होला भन्ने डर। लोक दाइलाइ नि सार्है डर लागेको रहेछ, पछि पो कुरा फुस्कायो बुढाले। जे भएनि उनीहरुसंग अलि वर र अलि पर गर्दे बाटो कट्दै थ्यो। ::अनि अब यतै हो कि तपाईपनि?:: एकजना बैनीले कुरा गर्न शुरु गरे। ::होइन। यसो फिल्ड भिजिट मात्र हो।:: मैले कुरा छोटो राख्ने कोशिश गरें। तर एउटा मनमा चाहि ती राम्री बैनीसँग कुरा गर्ने मन चाहि थ्यो। ::ए अनि कहाँबाट पास गर्नु भएको नि तपाईले:: ती बैनि त अरु कुरा गर्न पो तम्सिइ। ::पुल्चोकबाट।:: ::ए मेरो नि डिप्लोमाको लागि धरानमा नाम निस्केको थ्यो तर पढ्न पाइन।:: बैनीले दिखेसो पोखि। ::अनि बैनीले किन छोड्नु भो नि।:: मलाइ नि कुरा लम्ब्याउन मन लाग्यो। ::यस्तै हो गरिबलाइ पुँजिवादी समाजमा अबसर नहुने रहेछ, त्यसमाथि हामी महिला, त्यहि भएर मुक्तिको लागि हिडेका हामी।:: बडो खरो लवजमा बैनीले कुरा सुनाइ। अब आफु नि धनीमानी भएर पुल्चोकमा पढेको त थिएन तर शायद काठ्माण्डौमा हुर्केकोले अलि बढि अवसर चाहि पाएको हुनुपर्छ मैले। ::अनि कहाँ पढ्यौ नि, बैनी।:: बैनी शब्द शायद डरले अलि बढी नै निस्किराखेको थ्यो मेरो मुखबाट। ::धनकुटाको क्याम्पसबाट आइ एसम्म गरियो, त्यसपछि पढ्न पाइएन, अब क्रान्तिको बेला के को पढाइ, त्यो नि पुँजिवादी पढाइ।:: बैनी त साह्रै खरा रैछन्, अलि अलि डर पो लाग्यो मलाइ। अब आफुलाई अर्की बैनीको बारेमा बुझ्न मन लागेको कुरा त आगरामा पुग्न लागेछ। यसो कुरा घुमाउने मेसो निकाले मैले नि।
Read Full Discussion Thread for this article