Posted by: Dada Giri April 18, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
पऽर डाँडाको नाक पुगिएछ, गाडि त फेरि रोक्यो। किन रोक्यो डिजेल सिजेल हाल्न खोज्या होला नि भन्या त एक हुल चढे। एउटी बुढी आमा टिकट हेर्दै हेर्दे मेरो नजिकै आएर, २२ लम्बर भन्या थ्यो, बाबु यो लिस्टो हेर्देऊ त बा कुन हो मेरो सिठ, भनिन्। यसो हेर्या त यो त मै बस्या सिट पो परेछ। क्यारम त नि उठ्नै पर्यो, अनि बिस्तारै उठेँ। अनि खलासीलाई बोलाएँ, ऐ दाइ, म त टाढा जाने मान्छे सिटै चाहिन्छ, नत्र जान्न है भन्दिया छु। भन्दिएँ घुर्की लाउनलाई। पख्नुस् न भाइ, सिट मिलिहाल्छ नि एकछिन पछि, भन्यो। अनि झिनो आशा लिएर त्यँही त्यो डण्डीमा अडेस लगाऽर फेरि पढ्दै गरेँ। अनि यसो त्यसो गर्दा गर्दै खैरेनी पनि आयो, है। अघिकी बुढी माऊ त झरिन्। लिस्टो हेर्दाखेरि नै मलाई थाऽ लाग्या थियो, त्यसैले त त्यही सिट रुँगेर बस्या नि। त्यहाँ पनि फेरि एक हुल चढे। म बस्न एक मिनेट मात्र ढिला भा भे त सिटै खत्तम हुने नि। म मनमनै रमाउँदै फेरि तेई किताब खोलेर हेर्न थालेँ। नयाँ हुलमा एउटी बुइनी थीन्, अघि मैले अडेस लगाको डण्डीमा आएर अडेस लगाइन्। लाहुरे अनि एउटी दिदी र बच्चा पनि थिए। सिट बच्चावाला दिदीलाई दिम् कि जस्तो पनि लाग्यो। मनमनै के गर्नु बस्न नलेखेको भनेर उठेँ, दिदी यता बस्नुस्, भन्या त उतापट्टि खलाँसीले सिट मिलाइसकेछ। ठिकै भो भन्दै फेरि बसेँ। त्यो बुइनी त साह्रै राम्री, के भन्नी। सलक्क परेकी, बाटुलो अनूहार, थेप्ची पर्या नाक। खै के को हो कुन्नि मगमग वासना आयो उसको शरिरबाट। त्यो लाहुरे दाइले भने कुखुरा हातमा च्याप्या थियो, कहाँ जान लाग्या हो, कुन्नि। गाडि दौडीँदै जाँदा जाँदा एउटा गहुँ गहुँले भरिएको फाँट हुँदै अगाडि बढ्दै थियो। बाँदरले त गहुँ सहुँ मज्जाले खाइराहा भन्या, कस्तो मजासित। अनि त्यो लाहुरे दाइले हेर्दे भन्यो, ओ हो, बाँदर रे छ ल। कस्तो ठाऽऽरो भइर उब्बेको २ खुट्टाले। भनेर झ्यालबाट हेर्दै थियो। त्यो बुइनीले पनि हेर्छु भनेर यसो तल निहुरिएर झ्यालतिर हेर्न आँट्या त मेरो टाउकोमा पो स्पर्स दिन्छ बा, उनको शरिरले। बुइनी त लाजले भुतुक्कै, मलाई पनि लाज लाग्यो तर मनमनै भने खुसिले गदगद भएँ। अनि एकछिन पछि लाहुरे दाइले पनि सिट पाएछ। बुइनीमात्र उभिराऽऽ र मेरो किताबतिर हेर्दै थी। मैले पाना फर्काउँन लाग्या त, पख्नुस् न, पो भन्छे। मैले हेर्नुहुन्छ, मैले त हेरिसकेँ। भनेर बुइनीको हातमा दी हालेँ त्यो युवामञ्च। बसम् न मिलेर भनेर मैले २ जनाको सिटमा ३ जना बस्न खोजेँ, छेऊकी दिदीले यसो आँखा तर्दै थिन् तैपनि जसो तसो ३नै जना अटियो। भर्खरको बुइनि नि १६,१७ को काउकुती लाग्दो उमेरकी। हुन त म पनि १८,१९ मात्रै थिऐँ। काठमाण्डुमा यसो क्याम्पस जाने बेलाको कुरा नि। बुइनीहरुपनि काठमाण्डुसम्म पुग्ने, भनेर सोध्दिएँ। हैन पल्लो खैरेनीमा झर्ने, मनकामना जान हिँड्या के, भिनाजु र दिदीहरु सबै मिलेर। बुइनीले जवाफ दिई।
Read Full Discussion Thread for this article