Posted by: Dada Giri April 18, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सुन्दरी साढे ८ जति भइसक्या थियो, म तैपनि गाडि पाइन्छ कि भन्ने झिनो आशा लिएर बसपार्क पुगेर यसो रुमल्लिँदै थिएँ । पऽर खालाँसीले भन्यो, ल काठमाण्डु, काठमाण्डु, साढे ७ को गाडि छुट्नै लाग्यो। म हस्याङ् फस्याङ् गर्दै दौडेर गाडिमा हाम्फालेँ। १ घण्टा भे पनि नाफा हुने भो भन्दै म त मख्ख परेँ। गाडिभित्र छिरेर यसो यताउता हेरेँ, सिट खालि छ कि भनेर। पाङ्ग्रांमाथिको एउटा सिट खाली देखेँ। म त्यहीँ गएर बसेँ मजाऽले। झ्यालतिर बस्ने मन थियो, ढिलो आउने माझमा सुत्ने भन्या जस्तो के पाइन्थ्यो छेउको सिट त, खासै राम्री त हैनन् तर एउटी दिदी बसिसकेकी रहिछन्, के गर्नु साइत पर्या भन्ने कि बिग्र्या भन्ने। गाडि हुईकिदै गयो, म पनि हुइँकिदै गएँ। मलाई के गरौँ, के गरौँ लाग्यो, अनि यसो सम्झ्या त युवाहरुको मासिक खुराक मेरो झोलामा थियो। अघि भर्खर बस पार्कमा बलबान छाप खैनी किन्न जाँदाखेरि किनिहाल्या थिएँ। बल्ल पो सम्झना आयो। झोलामा यसो छाम्छु त मेरो चस्मा नै छैन। पाकेट मारियो भनम् भने पर्स छ खल्तिमै। के भन्ने उमेर छँदै यी आँखा कमजोर भएर चस्मा लाउन पर्ने मलाई। झोलामा छामेँ, चस्मा सस्मा हात पर्दैन। काईँयो लगाएर भएन। अघि गाडि भेट्न हस्याङ् फस्याङ्ग गर्दै दौडिँदाखेरि खसेछ क्यार, भनेर मनै खिन्न भो। तेइ नी हेरम् अलि अलि ठुल्ठुला अक्षर त देख्छु नि भनेर यसो पढ्दै गर्या त छेऊकी दिदीले, यो चस्मा भाइको हो, भनेर टिपेर दिइन्। तल झर्या रैछ सिटमुनि, झोला छाम्दा छाम्दै। धन्यबाद, भनेर भने, अनि फेरि चस्मा लगाऽर युवामञ्चतिर आँखा गाडेँ। एउटा दुइटा मुक्तकमात्र हरिसक्या के थिएँ, गाडि रोक्यो त्यो विजयपुलमा आएर, किन रोक्यो यो खोलाको छेउमा गाडिलाई पानी ख्वाउन लाग्या त हैन भन्या त, हो रे छ। पानीले यता छ्याप्यो, उता छ्याप्यो, धुलो सुलो सप्पै पखालेर अनि हिँडायो। झ्यालको चरबाट तिनै झ्यालतिरकी दिदीलाई पनि पर्यो एक दुई थोपा। बल्ल ठिक भो भने मनमनै।
Read Full Discussion Thread for this article