Posted by: Dada_Giri April 17, 2005
PSHYCO TEST
Login in to Rate this Post:     0       ?        
न्युयुजर १०१ जी, मनोवैज्ञानिक अर्थ (मैले सुनेको है, सर्वमान्य नहुन पनि सक्छ, देश ठाऊँ र सँस्कृती अनूसार फरक पर्न पनि सक्छ ) १, यात्रा भनेको तपाईँको जिवन हो। २, बाघले बल, शक्ती, सम्पत्ती आदिको प्रतिनिधित्व गर्छ। यसले रक्षा पनि गर्न सक्छ तर बेलामा यसैले खान पनि सक्छ भेडा गाई र घोडालाई (तपाईँको परिवार, इज्जत र सबैलाई)। ३, भेडा सँधै बथानमा हुने जनावर हो, यसले साथीभाई, परिवार, छिमेकी को अर्थ लिन्छ रे। ४, गाईले गर्व, इज्जत र प्रतिष्ठाको अर्थ लिन्छ रे किनभने दुध खाइन्छ खासगरि। ५, घोडाले आफ्नो बाजेलाई जस्तो बेलापनि छोड्दैन रे। त्यसैले यसले पति या पत्निको मनोवैज्ञानिक अर्थ बोक्छ रे। राम्रो पक्ष त्यसैले तपाईँले आफ्ने जिवनको यात्रामा पैसा भन्दापनि, परिवार साथिभाईलाई महत्त्व दिनुहुन्छ। त्यो भन्दा बढि इज्जतलाई जोड दिनुहुन्छ। तर पैसा, साथिभाई र ईज्जत भन्दापनि प्रेम वा दाम्पत्य जिवनलाई सबभन्दा बढि महत्त्व दिनुहुन्छ। कमजोर पक्ष अर्को अर्थमा तपाईँसित पैसा जोगिँदैन। परिवार र साथिहरु भन्दा आफ्नो इज्जतलाई ठुलो सम्झिनु हुन्छ (अलिकति घमण्डी)। र बढि पतिभक्त अथवा जइटिंग्रे! रे! अब कस्तो लाग्यो सुनुम् न। अन्यथा नलिनु होला।
Read Full Discussion Thread for this article