Posted by: Dada_Giri April 16, 2005
PSHYCO TEST
Login in to Rate this Post:     0       ?        
हर्कु, यो मनोवैज्ञानिक प्रश्न हो केही उत्तर देऊ न, रुइनाको अगाडि तिम्रो मनोवैज्ञानिक परिक्षण पनि हुन्छ, हेरी हालुम् हामी पनि। मेरो जवाफ: १, बुवा २, ललिता ३, माझी ४, कमल मेरो बिचारमा ललिताले प्रेम, बुवाले परम्परा, माझिले ब्यापार धन्दा, कमलले परिवार र श्यामले पराईको मनोवैज्ञानिक अर्थ लिन्छन्। बुवा र ललितामा बुवालाई माथि राख्न पुगेँ, किनभने ललिताले बुवासित एकपटक मनको कुरा राख्नु पर्थ्यो। माझिले त आफ्नो पेसामा लगनशिलता देखायो। कमलले पारिवारिक सहयोग त गर्यो, तर "किन चाहियो पैसा?" भनेर सोधेन बैनीलाई। त्यसैले यहाँ म, परिवार भन्दा पेसा र त्यो भन्दा प्रेमलाई जोड दिने देखिन पुगेँ। तापनि परम्परा झन महत्त्व दिने मान्छे देखिन पुगेँ जस्तो लाग्छ।(अलि चित्त बुझेन। हेरौँ उत्तर अर्कै पो छ कि।० बढि बोल्या भे माफि गर है।
Read Full Discussion Thread for this article