Posted by: Dada Giri April 13, 2005
Login in to Rate this Post:
0
?
यसो त्यसो गर्दा गर्दै सञ्जु पनि आइपुगी तलबाट र हामेरुका झोला खोजली, धन्न सानो एउटा काँक्रो थियो बाटोमा किनेको। सञ्जुले हातले फोर्न खोजी सकिन, काँक्रोलाई त्यसैको कपडामा बेरेर दाँतले फोर्न खोजी तर सकिन बरा। केटाहरुले भन्दै थिए "जुठो नपार न सञ्जु !"
सञ्जुले च्याँकेसित हँसिया मागी र सबैलाई बाँडिहाली मानौँ यो उसैले ल्याएकी थिई।
*** *** ***
नाटकको तयारीका क्रममा हामी २,३ पटक फेरि भेट भइयो। वसन्तेले मादल बजाउँथ्यो हामी नाचलाई स्तरीय पार्दै जान्थेम्।
"देऊराली वनैमा घाँस काटी लाउँला पिरती!
... ... ..."
तरपनि मैले न त सञ्जुसित मनको कुरा राख्न सकेँ न त केही गर्न नै सकेँ।
रातभरि मलाई निद्रा लागेन।
"भोलि त भन्छु, भन्छु।" मैले एक्लै मनको गाँठो बलियो पार्दै सुतेँ।
*** *** ***
आज मेलाको दिन। नाटक सकिएर मेला पनि झण्डै सकिन लाग्दो बेला थियो।मैले सञ्जुलाई आँपको रुखमुनिबाट तान्दै यतापट्टि बोलाएँ । "एउटा कुरा छ के तिमीसित!" भन्दै भण्डार कोठातिर लगेँ। भण्डार कोठाको चाँपि लगाएको थियो तर पछाडि पट्टिको झ्याल तानेर छिर्ने तरिका मलाई थाऽ थियो के च्याँकेको सगंत गर्दा, काम लाग्छ भनेर सिकिराखेको थिएँ नि जे भे नि त्यति त।
म र सञ्जु कसैले नदेख्ने गरी भण्डार कोठामा पसेम्।