Posted by: Kedar_Sharma April 12, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
पुन्टे महोदय, एउटा कुरा जान्न पाए तपाईँका प्रश्नको जवाफ दिन सजिलो हुन्छ। तपाईँ रोमनाइज्ड की बोर्ड चलाउनुहुन्छ कि ट्रेडिशनल? मेरो अनुमानमा ट्रेडिशनल होला। यसमा एउटा झन्झट चैँ बाँकी नै छ। विरामादि चिन्हरूका लागि भने Shift र Alt थिचेर एक्कैछिनलाई अङरेजीमा जाने, आवश्यक विरामादि चिन्ह थिच्ने र फेरि Shift र Alt थिचेर नेपालीमा फर्किने। यो अफ्ठ्यारो छ र यसमा सुधार गर्ने प्रयास पनि भइरहेको छ। तर यत्तिकैमा पनि काम चैँ चल्छ नै। मलाई त बानी भएर हो कि क्या हो, मोटरसाइकल चलाउँदा क्लच र गियर चलाएजस्तै स्वाभाविक भइसकेको छ। तपाईँहरूको केदार
Read Full Discussion Thread for this article