Posted by: Dada Giri April 11, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय १२ मैळे सञ्जुलाई "डुम" बनाम्न खोज्नी भने तुरुन्तै सकीहाल्छु नि, हैन? तर माया लाग्यो के। अनि सञ्जुलाई नभेटे जस्तो गरिदिन्थेँ तर आत्मेलाई भने मेरो खुपिको पुरा सदुपयोग गर्दै लागार्थेँ। १,२ पटक आत्मेलाई "डुम" पारेँ। त्यति गर्दा नि घुम्दै फिर्दै सञ्जु तेइ नै धेरै पटक "डुम" पर्छे बिचरा, नजानेसी यस्तै हो, क्यारोस् त नि। सञ्जुले हाम्लाई छुन नसक्नी अनि थाक्थी र घरि सानो ढुगांले हान्थी घरि खोलाको पानि पिएर हामितिर पिच्च थुक्थी। "नथुक न यता, फोहोरी!" भन्दा नि मान्नी हैन के रे फेरि। झन ठुलो ढुगां टिपेर हान्थी तेल्ले त। आज त कस्तो राम्रो दिन पर्या रे छ नि। धेरै पौडियो, १० वर्षे स्कुले जिन्दगीमा तर यति रमाइलो भाऽ आज पहिलो पटक हो भने नि हुन्छ ल। भगवानलाई मैले मान्छु के। *** *** *** एकछिन हामेरु ढुगांमाथि सुतेर छेपारोको झैँ घाम ताप्दै थिएम्, "अब एकपल्ट पौडेर जानी हो, हेर्छ टारीघरेले त्यतिबेलासम्म।" भन्दै थिएम्। "अब एकचोटि घुम्न जान पाए हुन्थ्यो सँगै। SLC दिएर बस्दा त घुम्न ठीक हुन्छ नि।" "ल्याओ एकदिन म्यागदितिर जाम्।" आत्मारामले कुरा उठायो उसका बुवा म्याग्दि थिए नि त्यतिखेर। सञ्जु नि फेरि घुमनी भनेसी त नाई भन्न जानेकै छैन नि, खाना खान नि बिर्सिन्छे। मैले मनमनै सोचेँ, "काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्या जस्तो यो आत्मेले कुरा काँ हो काँ लान्छ एकैचोटि!" भनेर मनमनै सोच्दैछु। अब यहिँ दिनदिनै भेट भइराऽछ सञ्जुसित किन घुम्न र सुम्न जान पर्यो त नि बेकारमा, हैन? आत्मेले बिगार्छ के जैले नि यस्तै हो जान्दै जान्दैन जालमा पर्या माछा नि फ्वात्त फ्वात्त फुत्काउँछ र अनि रहमा पार्छ। *** *** ***
Read Full Discussion Thread for this article