Posted by: Nirman April 8, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
हो र गुणराज जी, खुशि लाग्यो तपाईका कुरा सुनेर.....ल त सातीहरु अर्को है आईतबारसम्मको लागि: ******************************************** गफ गाफ चल्दै थियो कलेजका सुनौला दिनको, अब हातमा सुरा भएछि क्याम्पसका सुन्दरीहरुका कुराहरु आउन थाले नि गफगाफमा। हामी गफमा मस्त बाहिर मान्छेले बोलाएको त सुन्दै सुनिएनछ। "ढोका खोल्नुस् त सर।" बाहिर लोक दाई बोलाउदै हुनुहुदोरैछ। अब खाईराखेको, हत्त न पत्त साबधानिपुर्वक गिलासहरु खाटमुनि लुकाइयो अनि ढोका खोलियो। बाहिर अर्को एकजना नि रहेछ लोक दाईसंग। "तपाईहरु त्यहाँ तल कार्यक्रममा आइदिनुपर्यो है।" त्यो मान्छेले हुकुम गर्यो। "हुन्छ।" सत्यजीले सहमति जनाउनुभो। पछि पो थाहा पाइयो, आज उनीहरुको साँस्कृतिक कार्यक्रम रे अनि जम्मै गाउँका मान्छेहरुलाई जम्मा हुने उर्दि रे। धन्न बेलामा गिलास लुकाइएछ, धन्न हाम्रो पत्र पत्रिकामा नाम आएको जन कार्बाहिमा परेको भनेर। मेरो त अगि नै सात्तो गैसकेको थियो, जान्न भनेर बसेको, पछि सत्यजीले कर गर्नुभएछि कुरा काट्न मन लागेन, हिंडे लुसु लुसु। हामी पुग्दा लगभग कार्यक्रम सुरु हुने क्रममा रहेछ। सत्यजी र म लुसुक्क गएर एक कुनामा बसियो। साँस्कृतिक टोलि चाँहि स्कुलका भाइबहिनीका रहेछन्, गाना साह्रै मिठो गाउनेहरु रहेछन्। वरिपरि उनीहरुका बन्दुकधारिहरु सेन्ट्रि बसेर कार्यक्रम पनि सुरु भयो। तर क्रान्ति र जनबाद बाहेकका त गीतै छैन जस्तो, आफ्नो पप-रक सुन्ने बानि परेको, अलि मनै परेन। एकजना बन्दुक बोक्ने भाइ नि आएर गितार बजाएर आफै गीत गाउन थाले। आफैले रचना गरेको रे, खोइ शब्द चाहिं ठेट याद भएन तर यस्तै "नौलो बिहानी आउनेछ, रातो सुर्योदय लिएर, गरिबका दिन फिर्नेछन्, सामन्तिका छाति चिरेर" भन्ने थियो। गीतमा नि चिर्ने नै, मेरो मुटुमा अलि चिसो पो भो त्यस्तो कठोर शब्द सुनेर। तर स्वर चाहि राम्रो रैछ त्यो भाइको, क्रान्तिमा नलाग्या भए त नेपाली सङ्गित जगतमा नै क्रान्ति ल्याउने खालको, गितार नि बिछट्टै राम्रो बजाउने। एकछिनमा नाचगान नि सुरु भो। उनीहरुका छापामारहरु नाच्न थाले, महिला छापामारहरुमध्य एक दुईजना चाहि बिछट्टै राम्रा रैछन। आफ्ना त आँखै लोभि, छापामारलाई नि छोडिएन हो। एकैछिनमा त भिडका मान्छेलाइ नि तानेर नचाउन थाले। मलाई र सत्यजीलाइ नि ताने हो, अनि त नाच्न करै लाग्यो। नाच्दै गर्दा एकजना राम्री बैनिसंग ठोक्किए म त, जानेर त होइन, भाग्यले भन्नु पर्ला। छापामार नै रैछन, एकछिन् त डर लाग्यो, पछि ती बैनि हाँसेपछि बल्ल सासमा सास आयो। डर मिस्रित भएनि कार्यक्रम चाहि रमाइलो नै लाग्यो मलाइ, एकछिन पछि फर्कियो पनि, भोलि को यात्रामा चाँडो लाग्ने मनसाय बनाएर। उनीहरुप्रतिको डर पनि अलिकति भएनि हटिसकेको थियो मनमा। ********************************************
Read Full Discussion Thread for this article