Posted by: Nirman April 7, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
******************************************** हाम्रो त्यो दिनको गन्तब्य आउन आधा घन्टाजति बाँकि थियो होला। टाढाबाट एक हुल मान्छेहरु आउँदै गरेका देखें। 'सर, उनीहरु जस्ता छन्। अलि होश पुर्याउनु है।' लोक दाईले साबधान गर्नुभो। मैले त एकछिन् कुरो बुझिन, बन्दुक देखेछि बल्ल कुराको अर्थ बुझें। मेरो त हंसले नि ठाम् छोड्यो एकछिनलाई। 'कता हो तपाईहरु??' उनीहरु मध्य एकजनाले बोले। 'आज त त्यहि साबुङ्गसम्म हो?' लोक दाइले उत्तर दिनुभो। 'के काममा अनि??' फेरि प्रश्न बज्रियो। 'सडकको स्टाफ हो हामी।' मैले प्रश्ट्याउने कोशिश गरेँ। 'ए तेसो भए सरकारी मान्छे, ज्ञानेको चम्चाहरु??' अर्कोले थर्काउन खोज्यो। मेरो त सात्तो नै गयो। के भन्ने मेरो त मुख नै सुक्यो। बल्ल अलि हिम्मत निकालेर बोलें। 'होईन, हामी त कन्सल्ट्यान्ट पट्टिको मान्छे।' 'ए तेसो भए डलर खानेहरु??' अर्कोले खेदौंला जस्तो गरि भन्यो। 'भैगो छोड्दे।'अर्कोले बोले। मेरो त ज्यान नै माया मार्ने बेला भैसकेको थियो, ती मान्छे त मलाई भगवानै जस्तो लाग्यो मलाई। उनीहरु आफ्नो बाटो लागे, तर मेरो मुटुमा ढ्याङ्ग्रो बज्न छोडेन। खुट्टाहरु लिग-लिग कामिराखेका थिए। मलाई त आमा-बाऊ, बाजे-बराजु जम्मैको याद आउन थाल्यो। व्याकग्राउन्डमा कसैले ?दु:ख पाईस मंगले, आफ्नै ढङ्गले? भन्दै गरेको अनुभुति भयो। लोक दाई नि चुपचाप लागेर हिड्न थाले। हिड्दा हिड्दै हाम्रो साईट अफिस देखियो: टाढा । 'उ त्यहि हो सर अब!' लोक दाईको नि सासमा सास आएछ बल्ल। साईट अफिस देख्दा त मलाई नि अलि हलुका महशुस भो। अलि हलुङ्गो भएको जस्तो भो जिउ नै। 'ओहो! निर्माणजी!! कताबाट हो बाटो बिराएर??' सत्यरामजीले जिस्कने पारामा भन्नु भयो। मेरै कलेज र ब्याचका साथी थिए रैछन् त्यहाँ। तर मलाई भने अगिकै घटनाले काण्ड पुर्याईराखेको थियो। 'अँ। आइयो डुल्दै!!' बस् यति मात्र निस्क्यो शब्द। 'अनि यात्रा कस्तो भयो नि??' सोधनि सुरु भयो। 'बाँचियो भन्नु पर्ला यार।' त्यसपछि मैले हाम्रो यात्राको बेलिबिस्तार लगाएँ। 'के गर्ने यार, हामीलाई त नर्मल भैसक्यो यस्तो कुरा, खुकुरिको धारमा घाँटी राखेर काम गरिएको छ यार।' उहाँले नि आफ्ना गुनासो पोख्नुभो। हुननि ४ वर्ष टुप्पि बाँधेर पढ्नु अनि यस्तो अनकन्टार ठाउँमा काम गर्नु, गाह्रै छ नि। धन्न आफ्नो धनकुटामा नै Base परेको छ अनि बेला मौकामा घरमा सम्पर्क हुन्छ। साइटका साथीहरुको त २ ३ महिनामा एकचोटि सम्पर्क भए धन्न। भएको भोजपुरको एउटा टेलिफोन टावर नि उडिसकेको विध्वंशमा, फोन त भोजपुरभरिमा जम्मा १ वटा त्यो नि सदरमुकाममा सिमित। अब साथीभाई भेट भएको 'कान्तिपुर' लाउन थालियो तन्न पारेर। साथीहरुले एल. टि. लाइ नयाँ नाम दिनुभएको रहेछ, हाम्रा जंगलबासी दाजुभाइले मदिरा निषेधको उर्दि जारी गरेकाले। ********************************************
Read Full Discussion Thread for this article