Posted by: Nepe April 5, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
डाँडा हुनु जाती कि खोंच हुनु जाती ? मन्जुल डाँडा भईदिए घामले डम्म छेक्न पाउँछ छातीमा खोंच भईदिए सुलुत्त चिप्लेर गईहाल्छ मानौं लड्छ घाम भीरबाट तर फेरि सोचें, आफुले पाउन त डाँडै हुनु राम्रो अरुलाई दिन त खोंच म अलिकति होच्चिएँ चरक्क चिरिएँ र घामलाई जान दिएँ बाहिर (केही हप्ता अघि अनुप पहाडीले host गर्नुभएको रेडियो दोभान को "चिरफार कार्यक्रम" का एक अतिथि, मल्लिका शाक्य, ले उनको एउटा प्रिय कविता भनेर सुनाउदा मैले टिपीहालेको थिएँ, सुरेनले ल्याएको कविताले झल्याँस्स सम्झायो । )
Read Full Discussion Thread for this article