Posted by: surendras April 5, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
That was awesome newuse bro, equally loved nepe and worl_map too. sitarajee aint lie, I like preety eyes. About bhupi- अब भूपिको बारेमा के भन्ने र, ऊनको जति प्रशंसा गरे पनि कमै हुन्छ भन्छु म त। संस्कृत श्लोक र छन्दमा लेखिने उ बेलाको कबिता लेखनमा बिल्कुल नयाँ धार मात्र पस्केनन् उनले, गद्ध (स्वतन्त्र पद्ध?? ) र बिम्बको ब्यापक प्रयोगले नेपाली कबिता लेखनको शैलीलाई नै बदलिदिए।यस अर्थमा नयाँ आउने पुस्तालाई प्ररणा श्रोत त बने नै, आफ्ना अत्युत्तम रचनाहरुले नेपाली साहित्यको भंडार भरेर, ठूलो गुन लगाए।धन्य छौ भूपि, तिमीलाई मृत्युपर्यन्त साधुबाद। ----------------------------------------------------------------------------------------- "बर्षा"- लेखक:मञ्जुल बर्षा रातभरि रोईरही बाहिर बसेर मैले उसलाई भित्र बोलाईन न्यानो ओछ्यानमा सुताईन अँगालो हालेर बतासको झोक्का आयो र बेलाबेलामा उसलाई लिएर जान खोज्यो-बेलाबेलामा तर ऊ गईन बाहिर बसेर रोईरही म निदाएछु उसको बिलाप सुन्दा-सुन्दै चरम निष्ठुरी म बिहान हेरें सारा धर्ति पखालेर गईछ पखालेर गईछ मेरै फूलमा बोटहरु पनि मैले पाईला टेक्ने ठाउँहरु पनि छपक्क भिजाएर गईछ आँसुले बिचरी कहाँ होली बिहान सखारै? S. Shrestha, www.paradesh.com
Read Full Discussion Thread for this article