Posted by: newuser April 5, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
गजल - न्यूयुजर आँखाभित्र उनलाई लुकाइ ओंठमा ताला मारिरहे मनले लाखौं वोल्न खोज्यो मैले आवाज टारिरहे त्यो आकृतिले एकलास सम्म लखेटिनै रह्यो हराउँछ कि उनको विम्व ? अन्त दृष्टि बारिरहे अन्तरङ्ग साइनो माग्यो कल्पनाको तरेलीले हृदयमै वास दिन्छु भनि दिलको ढोका उघारिरहें घाम लाग्दा बाग खने पानी पर्दा सिंचन गरे माया टिप्ने आशा संगाली पुष्पवृक्ष्य सारिरहे सधै भरि जित्छु भन्ने अटल विश्वास थियो बाजि थाप्नु अधर्म ठाने चुपचाप एक्लै भौंतारिरहें समयलाई पछ्याउन खोजे अफसोच ! पछि परें सपनाहरु वादल पारि म चैं ट्वाल्ल ! वारि रहें थाहै नपाइ पराई आइ मेरो फूल चुँडाइ लग्यो नि:शब्द भइ सुँक्कसुँक्क आँशु मात्र झारिरहें सवै विछोडमा पिल्सिएका साझावासीहरुमा समर्पित काल्पनिकतामा आधारित गजल। अव मिल्दोजुल्दो फोटो पनि खाज्नै प-यो।
Read Full Discussion Thread for this article