Posted by: newuser April 4, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
मात्रृभूमिमा लागेको ग्रहणले मस्तिष्कलाई घेरा हालेर हो की ? कल्पनाशीलताको वोतलमा बिर्को लागेको छ हिजो आज । तैपनि २/४ हिउँद अघि मेरो डायरीका पानामा पोखिएका अक्षरहरु साझामा उतारिदिन मन लाग्यो। Newuser को डायरीबाट ( अप्रकाशित ) बुद्धको देशमा मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु तिम्रो शान्त परिवेश हो, गौतम बुद्ध जन्मेको देश ! अब त आगतको इतिहासमा लेखिने छ तिम्रा सन्ततिका किताबमा दे?खिनेछ अतितमा हाम्रो देश हो, बुद्ध जन्मेको देश ! धर्तिमा शान्तिको दियो बनेर अविरल प्रज्वलित थियो भनेर। बुद्धको आँखा खुलेको देश एशियाको ज्योति बलेको देश जहाँबाट संसारमा फैलिएको थियो शान्ति र अहिंशाको सन्देश देवि देवताको क्रिडाभूमि ऋषि महर्षिको तपोभूमि जहाँ कलकल बग्छन् नारायणी र बाग्मति जहाँ चन्चल हुन्थे सीता र पार्वति स्वयम्भू र पशुपतिको देश सगरमाथा र माछापुच्छ्रेको देश जहाँ शान्तिका लागि मन्दिरमा परेवा उडाइन्छ हरेक विहान वेद, गीता र त्रिपिटक गाइन्छ हरेक घरमा साँझबत्ति वालिन्छ जहाँ दीपको पर्व दीपावलि मनाइन्छ महामानव बुद्धको देश शान्तिकामी जनाताको देश जहाँ देशको माटो बचाउन ज्यानको शपथ खाइन्थ्यो जहाँ आमाको अस्मिता जोगाउन निष्फिक्री रगत वगाइन्थ्यो ति वीर गोर्खालीहरुको देश निस्वार्थ देशभक्तहरुको देश ! ******************** मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु अहिले त तिम्रो देशमा बुद्ध जन्मिएको देशमा शान्तिमय अतितको अवशेष मात्र वाँकि छ जताततै अशान्ति र हिंशाको मात्र झाँकि छ । तिम्रा मन्दिरका देवताहरु अकस्मात सिमा पार गर्छन रे तिम्रा गुम्बाका ध्यानमग्न बुद्धहरु अचानक समुन्द्र तर्छन रे शान्तका लागि छाडिएका परेवाहरु तिम्रै सन्तानका भोजन बन्छन रे वेद र गीता मन्त्रोच्चारण गर्ने ओंठहरुमा मादक सोमरसका प्यालाहरु पुग्छन रे हातमुख जोर्ने विवसतामा तिम्रा गोर्खाली वीरहरु अर्काको माटोमा रगत बगाएर वहादुर वन्छन रे बुद्धका सन्तानहरु हातमा बन्दुक र मोर्टर लिएर शून्य रातमा 'शान्ति' खोज्दै हिड्छन रे तिम्रो शान्तिप्रिय देशमा हो, बुद्ध जन्मेको देशमा । बुद्ध जन्मेकै हाम्रो देशमा ।। १० पौष, सामाखुसी, काठमाण्डौ। सर्वाधिकार न्यूयुजरमा सुरक्षित । Guys please comment on my poem. I am posting another one of mine next time. To Nepeji, I got that muktak (गधालाई पनि हजुर भन्न मन लाग्छ) of Bhupi courtesy of 'Bhupi Ka Kabita Haru' edited by Shiba Regmi. Your poems are great. Sitaraji, thanks for the Buddha
Read Full Discussion Thread for this article