Posted by: Dada_Giri April 4, 2005
Login in to Rate this Post:
0
?
सञ्जु काव्य
आठौँ भाग
"जब भयो राती, तब बुढी ताती!" भनया जस्तो मेरो नै हो मन तात्या र मैले नै "जाम एकछिन बाहिरितर" भन्या थिएँ। प्रहरी चौकी अगाडि पृथ्वीको शालिकनिर एकजना प्रहरी दाइले ड्राइभरलाई थर्काउँदै थिए, फेरि फर्काएर घुमाएर लैजा!" राजाको शालिकलाई देब्रे पार्दै गाडि हाँक्छ साऽले!"
(त्यतिखेर पञ्चायती ब्यबस्था नै थियो। प्रहरीहरु बल्लिया नै थिए के।)
"नमस्कार! असई साऽप!" आत्मारामले नमस्कार गर्यो।
"नमस्कार! कता हो त नि भाइ राती राती?" प्रहरी हातको डण्डी काखिमा च्याप्दै नमस्कार फर्कायो र सोध्यो।
"त्यहाँ साथि कहाँसम्म जाम् कि भनेर।"
*** *** ***
"कस्तो होस् तँ, पुलिसलाई नमस्कार हान्दै हिड्छस्?", मैळे आत्मारमालई सोधेँ अलि पऽर पुगेसी। "असई हो के पोहोर त्यो पनि हाम्रै सेन्टरमा सुरक्षा गाड थियो जिवनहरुका पाला। मैले फुलि देखेसी चिनिहाल्छु नि सई को हो असई को हो, अहिले नि हाम्रै सेन्टरमा पर्छ कि भनेर नमस्कार हानेको।" आत्मारमले ठुलै मान्छे चिने दादा गिरीले नचिनेको भनेर
नाक साँक फुलायो।
"अघि नै भन्नु पर्दैन त , मैळे नमस्कार गर्नी थिएँ नि।" म पछुताएँ।
"त्यस्ता पुलसिले कसरी चिट चोराउँनी हो? भित्र जान नि मिल्दैन। SLC पास त गर्या छ??" मैळे आत्मारामलाई होच्याउने प्रयास गरेँ।
"हैन के? असई हो।" आत्माराम झोक्किँदै थियो।
*** *** ***
"कता हो दादा गिरी?" आफ्नो कपडा पसलबाट हरिकृष्ण करायो। हरिकृष्ण पनि हामिसित सँगै ट्युसन पढ्ने केटा हो त्यहीँ त्री आ मा वि को। हामी पसेम, एकुन्टा मोढामा बसेम्।
"यस्तै छ यी, अजा हुनुहुन्न मैले पसल कुर्दैछु। " हरिकृष्णले पढ्ने समय नपाऽको दुखेसो पोख्दै थियो। हाम्ले कुरा सुरा मिलाएम्।
म सुटुक्क यता पट्टिको औषधि पसलतिर हेर्दै थिएँ, बुढा बुढि नै छन् बा। बुढि भित्र पसेसी म एक्लै सुटुक्क गएँ र किनिहालेँ।
"सबै पसल बन्द हुँन लाइसके जाम् क्यार!" हामी फर्किएम्।
*** *** ***
"यो दादा गिरीले बिनासित्तैमा हरिकृष्णेकहाँ लग्यो, आखिर काम साम केही नि रहिन्छ।" मलाई गाली गर्दै थिए तिनेरुले फर्किँदाखेरि बाटोमा।
"चियो गर्नु पर्छ के, अरु केटाहरुले कत्तिको पढ्या छन् भनेर।" मैले कुरा मिलाएँ। "ल हेर! परिक्षा आ!छ केटाहरु दोकान कुर्दै छन्। पढ्नु सढ्नु छैन। फुर्ति मात्र हुन् केटाहरुका।" मैले तिनेरलाई शान्त्वना दिएँ।
" हाह हाह ! " सञ्जु र आत्मारामहाँसे बुझ्नु सुझ्नु छैन गाँठि कुरो त्यस्सै हाँसे।
घराँ आएसी हामरुले एकछिन पढेम्। गुरुलाई देखाउनु छ नि पोहोरका केटाहरुले भन्दा पढ्या छन् भनेर।
"हैन तिमेरु अज्झै सुत्याऽ छनौ? सुत जाडोमा, भोलि बिहान फेरि ट्युसिन जान उठ्नै सक्दैनौ।" गुरुले खोक्कै उठे र हामेरुलाई सुत्ने सल्लाह दिए।
हामी सुत्ने तरखरमा लागेम्।
"ल जाडो छ सिरक पनि पुग्दैन, यहीँ लस्करै सुते भै हाल्यो नि ३नै जना।"
" सञ्जुले खाने बेलामै छोइदिई हामेरुलाई।" अहिले भने मैले बुध्दि लगाएँ, "ल बिचमा मै सुत्दिम्ला।"