Posted by: Dada_Giri April 1, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
सञ्जु काव्य
सप्तम अध्याय
आत्मारामले घरबाट ल्याऽका मसेउरामा पिँडालु मिसेर पकाएछ।
हाम्ले सञ्जुलाई अलि पऽर अलक्क बस्न लगाऽर खाना खान थालियो।
"हैन, कहाँ पाइस् नि यी पिँडालु?" मैले सोधेँ।
गुरुले "लु यी पिँडालु पनि खाऊ, पथि हुन्छ जाडोमा"! भन्दै दिएका रहेछन् आफ्नै बारिका पिँडालु, दिउसो आत्माराम घाम ताप्दै
गुरुको परालको छिँडिमा बसेर पढ्दाखेरि। म काँ गाऽ रैछु कुन्नि त्यति बेला। ए! माथि स्याग्जासम्म उक्ल्या थिएँ एकपालि यसो
हावा खान।
हाम्ले गुरुबाट कैले मेवा, कैले पिँडालू, कैले साग अनुदान सहयोग पाइन्थ्यो, गुरुका सुर चल्दाखेरि।
तर कहिलेकाँहि कारणै बिना गाली पनि खानु पर्थ्यो नि फेरि गुरुको मुड खराब हुँदाखेरि।
अनि खाना खाँदै थिएम्। सञ्जुले भनिहाली।
"ह्या, पिँडालुले कोक्यायो। काँचै छ।"
"अहिले ह्याँ मैले पकाऽको यस्तो मीठो पिँडालुमा दोष लगाम्छेस्। बिहे गरेसी यत्तिको नि पकाइदिँदैन, तेरो उल्ले त, अनि खान्छेस्।"
आत्मारामले मुख फर्कायो।
सञ्जुले खप्न सकिन र आत्मारामलाई प्याट्ट हानी खाँदा खाँदै देब्रे हातले। नछुनी भऽकि अरे अब के भन्नी।
"ह्याँ छोइस्, फेरि नछुनी भऽका बेलाँ!" भन्दै आत्मारामले "लौ त त्यसो भए भनेर मलाई नि छोइदियो। "कानो गोरुलाई औँसि नि पुर्णे!"
भन्या जस्तो हामी कसैले यसमा खासै मतलब दिएनम्।
*** *** ***
"कस्तो भो पिँडालु पकाउन त पकायौ राम्ररी?" गुरुले पल्लो कोठामा खोक्दै हाम्लाई सोधे।
"काँचै थियो , गुरु! त्यति मीठो त हैन।" सञ्जुले हत्त न पत्त जवाफ दिई।
"नाच्न जान्दैन आँगन टेढो!" गुरु झोक्किए। "को हुन् यी नानी? लोकराजकी छोरी?" गुरुले थपे।
"हैन गुरु गज्जबको भयो।" मैळे गुरुको चित्त बुझाएँ।
गुरु हाम्रै कोठातिर आए। नानाथरिका गफ गर्न थाले। कतिखेर गुरु जालान् र हामी हाम्रै संसारमा रमाउन पाइएला भनेर कुरा
टुग्याँउने प्रयास गर्दैछु म।
"अब लोकराज र हामी कति वर्ष त एउटै अड्डामा काम गरियो। नानी सानी थियौ त्यतीखेर, मैले नानीलाई कदरखुट्टि हालेर त्यो
मालको अड्डाबाट गरसम्म पुर्याऽको सम्झिन्छु अब हेर्दा हेर्दै ईस् इल् सी दिनी भइसक्यौ। " गुरु मालका पुराना पियन रहेछन्।
त कसै कसैलाई त "बिचारी थिएँ" भन्न पनि बेर नलाम्नी फेरि। हाम्लाई नि भने तर सञ्जुलाई ताऽ रेछ। पछि कुलस्त पारी हामेरुलाई
गुरु गइसकेसी। तर गुरुको मन भने खालँस है पेटाँ पाप छैन म जस्तै हुन्!
जानी बेलामा गुरुले भने, "पोहोर जिवनहरुले त १२, १३ बजेसम्म पढ्थे राती। तिमेरु अल्लि बढि सुते जस्तो मान्या मैले। म राती बाहिर
निस्किँदाखेरि खेमहरु त टुप्पी कसेर पढिराऽ हुन्थे।" गुरु औँला ठड्याउँदै कोठातिर लागे।
*** *** ***
हामी एकताल बजारतिर जाम् भनेर सल्लाह गरेम्। मैले सानो चरबाट हेर्दै गुरु सुते नसुतेको चियो गरेँ। बत्ति निभेको थियो तर
निदाएको कुरा भने प्रस्ट हुन सकेन।
हामी करले भन्ने कि इच्छाले भन्नी अब, यसो पढ्या जस्तो गरी टोपल्न थालेम्। गुरुको डरले भे नि गर्नै पर्यो नि हैन।
बिस्तारै गुरु घुरेको आवाजले हामीलाई सम्झायो। बुढो निदाए जस्तो छ।
हामी एकताल बजारतिर जाम् भनेर निस्कियो। मैले फेरि लाखु टोपी(Monkey Cap) लगाएँ , हामी बिस्तारै बाहिर निस्केम् र
आत्मेले विस्तारै चुकुल लागायो। सियो खसेको आवाजले पनि ब्युँझिने बानि छ के बुढाको फेरि।
हामी करेसातिरबाट माथि उक्लिँदै थिएम्। बुडा संजोगले नै उठ्या हुनुपर्छ बुढेसकालको खोकि नि अब के भन्नी। बुढाले त खोकेर थुके करेसातिरको प्वालबाट आत्मारामको टाउको मै परेछ।
हामी लुसुक्क माथि उक्लेम् र स्याग्जा बजारतिर हानिएम्। सञ्जुलाई करेसामा सिस्नु बिझेछ, खुट्टा चिलाउँदै थिई माथि पुगेसी।