Posted by: Dada_Giri March 31, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
प्रगती नगरमा एउटा अपागं दाइ थियो यो स्टोभ सिस्टोभ मर्मत गर्नी। सबैले डुँडो भन्थे तर दुबै खुट्टा दुर्घटनामा गुमाएका रे बिचारा! मैले दुखेसो पोखेँ। "दाइ हेर्नुस् न हाम्रो त बरबाद भो। विध्यार्थी मान्छे, अब खाना बनाऽर खान खोज्दा यो स्टोभ नै बल्दैन। दोकानाँ खाम् भने पैसो नि पुग्दैन।" म झण्डै रुन लाग्या थिएँ। किनभने त्यो मान्छे पहिलाको दादा हो रे सुर चलेनन् भने नबनाइकन फर्कादिन पनि सक्छ रे के। सञ्जुले भनेकी हो। "ए! ल ल" भनेर हेर्न थाल्यो। अर्की त्यहीँकी दिदिलाई भने "भोलि आउनुस् ह्याँ विध्यार्थीहरले खान पऽनन् रे!" भनेर थर्काउँदै पठायो म लुग लुग काँप्दे थिएँ कता मलाई नि गाली गर्नी हो र भोलि आइज भन्नी हो कि भन्नी डरले नि अब। म स्टोभ बनाऽर कोठाँ पुगेँ। खाना त मजा!ले पाक्दै छ, बा। त्यतिबेलासम्म सञ्जुका कोठाँ गएर तिनेरुले त स्टोभ लिएर आइकन पकाउन पो थाल्या रैछन्। बेलैमा यो बुध्दि आइदेको भे म किन त्यो राती हुँदो स्टोभ लिएर ती भुस्याहा कुकुरको माझाँ जान्थिएँ र पढ्न सढ्न नि छोडेर। *** *** *** "उता गाउँ घरमा सञ्जु पोइल गई।" भन्ने हल्ला चल्नथालेछ। अब शहरमा हृतिक रोशन काण्ड भा! जस्तो गाउँमा सञ्जु काण्ड नि अब के भन्नी। भाऽ के रैछ भने हाम्रा गामका गिरधारीले सञ्जुलाई अघिल्लो हप्ता देख्या रैछन् जुग्लेमा खलाँसिसित सँगै चिया खाँदाखेरि। सञ्जुले जिपको भाडा माग्दाखेरि खलाँसीलाई पैसा नदिइकन भाग्ने अभिप्राय:ले खुद्रा छैन भनेर रु १०० को नोट देकाइछ। खलाँसीले साट्न सकेनछ। अनि त्यो १०० को नोट साट्नलाई चिया खाऽका रैछन्। जुग्लेमा गिरधारीका पसलमा। भाऽ कुरा त्यत्ती हो रे! सञ्जुले नि त्यसै भन्थी। नत्र हाम्री सञ्जु, मालपोत कार्यालायका डिट्ठाकी छोरी तेइ पनि SLC दिनी भनेर धमर्धुस् लाऽकी केटी कहाँ त्यो खालाँसीसित पोइल जानी हो। तर चिया खाऽर त्यत्तिकै फर्किछ है फर्किन त। त्यो १०० रुपिञाको नोट गिरधारीले नि साट्न सकेनछ। पैसा नपाऽको रीसले पोइल काण्ड निस्क्या रैछ गिरधारीबाटै। अनि सञ्जुले बुवा छ्यांगछ्यांग्दी काजमा जानू भाऽ छ भनेकी हुनाले छ्यांग?छ्यांग्दीको कुरा पनि जोड्या रैछ। खसोखास कुरा यही हो। *** *** *** To be contd.
Read Full Discussion Thread for this article