Posted by: SaruBhakta-II March 30, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
दादागिरी जी तपाईँ र मेरो त जन्मजात दुश्मनी रे'छ कि क्या'हो। हा हा हा, तै नि, मलाई पनि लेखुम लेखुम लाग्यो क्या। तपाईँ कै लहरोमा थप्न मन लाग्यो। सन्जु सँगको याद लाई निरन्तरता दिनु होला। मलाई तपाईँको लेखन शैली सार्है मनपरेकोछ। गाम को याद गराईदिनु भो यार। सन्जुको ताजा खबर चैँ यहाँ छ है। खित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्तित्ति सन्जुको ताजा खबर म पुग्दाखेरि लोकराज बाजे खुर्पाको बिँड ताछ्दै थे। " दर्शन गरेँ है बाजे" मैले बाजेको हातमा ढोगेँ। लोकराज बाजे मावली बाजे पर्छन मेरो। चाडवाडाँ त उनले चेलीबेटी तिरको नाति भनेर खुट्टैमा ढोउछन गाठे। बुढा मान्छे, के ढोगाइराख्नु भनेर खुट्टो नदियो कि यो नाति ठुलो भेर मातेछ भनेर मुख बटार्छन। क्यार्नु। "कता बाट झुल्किस् हौ भउते ?" बाजेले टोपिले मुख पुछ्दै सोधे। "त्यहीँ तल टारी मा पानी सोझ्या'र आ'को नि। क्यार्नु, हप्तादिनाँ पालो आम्छ।अहिले त खेत भाँजो परेर राँडीको कुर्कुच्चा जस्तै भा'रेछ।" म पिढीँको बोरा यसो तानेर बसेँ। "जनैपुर्नेको बिदा अनि शुक्रबार शनिबार लगत्तै परेकोले अड्डाको बिदा मिला'र घरा आ'को। अनि बसिबियाँलो गर्या नि।" बाजेले खोक्दै भने। बाजेले अलि लामो खोके, खकारे, थुकेनन्, बरु कुटुकुटु चपाएर घुटुक्क निले। मैले देख्न सकिन र अर्कोतिर फर्केँ। "ओहो भउते पो आएछन्, अहिले त कति राम्रो भएछन्" सन्जु चम्किदै भित्र बाट निस्की र मेरो मुखैमा म्वाईँ खाइ। "हेर त लाज न'भाकी उत्ताउली" बाजेले आँखा रातो पार्दै हकारे। " एउटा सँग झुन्डाएर पठाम्न पाए हाइसन्चो हुन्थ्यो मलाइ" बाजेले गुनासो गरे। म भने मनमनै खुसि भएँ, क्यार्नु, साह्रै राम्री छे,छुँदा पनि मुटु फट्किन्छ। " त्यही दादा न'भे आते आ'को बेलाँ भिडाइदे भो नि, गाउँलेले कुरा काटिसक्याछन्, अनि त कुरा काट्नेको मुखाँ पनि बुजो लाग्ने" मैले उपाए निकालेँ। "हो क्यारे बाबु, त्यो बिदेशाँ बसेकालाई के के जाति रोग लाग्या हुन्छ भन्छन फेरि, छोरी हो जस्तो भे'नि मायाँ लाम्छ।" बुढा अलि गम्भिर भए। ********************************************************** हिजोमात्र त्यो खोल्सा पारि बिर्खे सँग गोरु साट्ने कुरा गर्या।कस्तो रेछ तनि भुनेर बिहानै एक सर्को बिँडी तानेर म त्यतै तिर लागे। स्कुल नेर च्याँके भेट भो। "एउटा कुरा सुन्नु भो भउते दाइ?" च्याँके ले अलि हतारिदै भन्यो। "के?" "त्यो सन्जे राँडी त हिँडिछे नि।" "को सँग?" "खोइ त्यो जुग्ले-नाउडाँडा चल्ने जिपको खलाँसि टिपेर हिँडी रे, बिचरा पौडेल बाजेको नाकै काटी। मोरी, मलाई पनि राम्रो लाग्थी, क्यार्नु, आँफु नपढेको गोज्याङ्रो, पढेकी ताक्न हेउ नै आएन। अस्तिनै छाङ्छाङ्दी को मेलाँ मलाई पनि आँखा सन्काइथी। आखिराँ खलाँसि ले पो उडायो।" च्याँके अलि निन्याउरो देखियो। "ल ल, पिर नगर, तेस्का पछी लाम्ने धेरै थे।" च्याँकेलाई त सम्झाएँ, तर आफैलाई भने अलि नमज्जा लाग्यो। अगाडि जान खुट्टा ळागेन। आइमाई को रुपै शत्रु भन्दै त्यहीँ बाट खर्लप्प फर्केँ। *******************************************************************
Read Full Discussion Thread for this article