Posted by: newuser March 29, 2005
Why the drinking age should be lowered to 18?
Login in to Rate this Post:     0       ?        
रौसीको विषय त नेपालीहरु माझ निकै चर्चित पो हुँदोरहेछ नि। केहि घण्टामै धागोले स्वर्ण महोत्सव मनाइसकेछ। एकजना अमेरिकास्थित सोधकर्ता सौभाग्य शाहले केहि बर्ष पहिले हिमाल पाक्षिकमा एउटा आवरण लेख्?नुभएको थियो, जसमा नेपाल सामाजीक/आर्थिक विकासका दौडमा पछि पर्नुको एउटा प्रमूख कारण रौसी माथिको अत्याधिक निर्भरता पनि हो भनेर निचोड निकालिएको थियो। त्यतिबेला मलाई ह्या यो अमेरिकावासी बुद्धुले के वाहियात लेख्याहोला जस्तो लाग्थ्यो तर अहिले चाहिँ ए हो रैछ त जस्तो पो लाग्यो। नेपालीहरु अमेरिकीहरु जत्तिकै धनि भैदेका भए हाम्रो देशको रक्सिको खपतको परिमाण कति हुन्थ्यो होला है। अहिले पनि कम त कहाँ छ र ? कहिँ नभएको जात्रा हाम्रै देशाँ देख्?न पाइने। एका बिहानै रक्सी खाएर बाटामा लड्ने देखि साँझ रक्सीको झोंकमा स्वास्नी छोराछोरी कुटेर दादागिरी पल्टाउने सम्मका कुरा। सबै ठाममा यस्तो हुन्छ होला भनेको त हाम्रै देशाँ मात्र यस्तो विशिष्ट संस्कृति रहेछ। खैर नेपालीलाई रक्सी जस्तै अरु कुरामा पनि मायामोह भैदेको भा हाम्रो देश अमेरिका भन्दा कम हुन्थ्यो त?
Read Full Discussion Thread for this article