Posted by: newuser March 29, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
तपाईंको यहि नीति नै माओवादी कार्यनीतिका रुपमा जारी रह्यो भने प्रचण्डलाई पोलपोट र नेकपा माओवादीलाई खमेर रुज भनेर सम्बोधन गर्नु गलत हुनेछैन। पोलपोट र खमेर रुजहरुको राजनीति अब इतिहास बनेर गयो। माओवादीहरु पनि इतिहास बन्ने कि आफूहरुलाई सुधार गरेर देशको सामन्ति राजतन्त्रलाई ठेगान लगाउन शान्तिपूर्ण र व्यवहारिक नवीन आन्दोलनको शुरुवात गर्ने भन्ने निर्णय अव तपाईंकै हातमा छ। तर निरंकुश राजतन्त्र नेपालका लागि जति खतरनाक छ त्यति नै खतरनाक तपाईंहरुले अहिले अंगिकार गरेको प्रचण्डपथ छ। देशमा प्रजातान्त्रिक गणतन्त्रका लागि सम्भावनाका प्रशस्त ढोकाहरु खुलेका छन्। तपाईहरु उक्त ढोकामा छिर्नका लागि अब प्रजातान्त्रिक शक्तिहरुसंग मिलेर शान्तिपूर्ण आन्दोलनमा लाग्नु उत्तम हुन्छ। तपाईलाई नेतृत्व र सत्तालिप्सा नभएको भए सहकर्मी र सहधर्मी वावुराम भट्टराईलाई खुम्च्याउने प्रयाश गर्नुहुने थिएन। त्यो तपाईंकै राजनीतिक कमजोरीका कारण नै भएको हो। सर्वर्पथम त्यो कमजोरीलाई सच्याउनुस, त्यसपछि जनवादी शासन लाद्ने दिवास्वप्न त्याग्नुस र आतंकवादी शैलिका हत्याहिंशा र पूर्वाधार नष्ट गर्ने आक्रमणहरु पनि छाडिदिनोस। व्यवहारिक राजनीतिको बाटोमा आउने प्रयाश गर्नुस। अझैपनि केहि समय वाँकि छ तपाईंहरुका लागि। अब पनि बुद्धि पुगेन भने तपाईलाई सहानुभूति दिनेहरुले समेत तपाईंको राजनीतिक अवसानमा सन्तोषको श्वास फेर्नेछन्। कृपया उग्र दक्षिणपन्थिहरुलाई मनपरि रजाईं गर्ने मौका नदिनोस ।अन्यथा तपाईले मर्ने बेलामा कुन कुरामा चित्तबुझाउन सक्नुहोला प्रचण्डजी ?
Read Full Discussion Thread for this article