Posted by: newuser March 29, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
प्रचण्डजी, माओवादी आन्दोलनमा प्रत्यक्ष सहभागिता नजनाइरहेको नेपाली जनमानसले तपाईंहरुको कृयाकलाप प्रति कस्तो दृष्टिकोण राख्छ भन्ने कुरा तर्फ तपाईंहरुले खासै ध्यान नदिने गरेको पाइएपनि जनयुद्धलाई समर्थन नगर्ने जनमतले देशको जनसंख्याको ठूलो हिस्सा आगट्ने भएकाले त्यसतर्फ विचार पु-याउनु बुद्धिमतापूर्ण हुनेछ। दीर्घकालिन रुपमा देशको शासन गर्न चाहने राजनीतिक संगठनले बहसंख्यामा रहेको राजनीतिक ?अभिमतलाई दमन गरेर सत्तामा टिकिरहन सक्दैन भन्ने तथ्यलाई तपाईहरुले बुझ्नुपर्ने हुन्छ। त्यसमाथी विश्व कम्युनिष्ट आन्दोलनले आफ्नो लोकप्रियता गुमाउदै गइरहेको, धेरै देशहरुमा कम्युनिष्ट शासन पतन भैसकेको र चीन जस्ता कम्युनिष्ट राष्ट्रले पनि कट्टर साम्यवादी राजनीतिक प्रणालीमा आमुल सुधार गर्दै पुजिवादी शैलिको आर्थिक तथा औद्योगिक नीतिको अवलम्वन गरेर सफलताको सिंढी उक्लिरहेको देख्दादेख्दै यो वास्तविकता प्रति आँखा? चिम्लिएर माओवाद, मार्क्सवाद,लेनिनवादको अन्धभक्तिमा लिन भैरहदा राजनीतिक खेलमा पराजित हुने खतरा बढ्दै जान्छ। नेपालको भूराजनीतिक यथार्थता, छिमेकी चीनले दरबारलाई दिईरहेको विश्वास, उदार पुजिवादी प्रजातन्त्र भएका राष्ट्रहरुको समृ?द्धि र साम्यवाद लागुरहेका उत्तरकोरिया जस्ता राष्ट्रका जनताको जीवनस्तरमा देखापरेको संकट आदि परिवेशहरुलाई केलाउदा तपाईहरु कथं कदाचित विजयी भइहाल्नु भएछ भने पनि नेपालको स्थितिमा सुधार गर्नुको साटो झन खराब तुल्याउने कुरा छर्लङ्ग छ। अहिले तपाईंहरुको पार्टी बैचारिक आधारमा भन्दा सैनिक सामर्थ्यका आधारमा चलिरहेको निर्विवाद छ। कम्युनिष्ट आन्दोलनमा सैन्यवाद हावी हुनु कुनै नौलो कुरा नभएपनि बैचारिक मन्थनलाई पूर्णतया दरकिनार गर्नु सर्बथा अनुचित सिद्धहुनेछ। तसर्थ तपाईंहरुले एकछिन पार्टीको सैद्धान्तिक विभागमा देखिएका कमिकमजोरी र असान्दर्भिकतालाई पुनरावलोकन गर्नुपर्ने देखिन्छ। यसका लागि प्रथमत एक्लो सशस्त्र क्रान्तिद्वारा नेपालमा परम्परागत राजतन्त्रको जरा उखेल्न सकिन्छ भन्ने विश्लेषणलाई परित्याग गर्नुपर्छ। यसका साथै उदार पुजिवादी प्रजातन्त्रको सफलतालाई उपेक्षा गरेर पूर्णतया साम्यवादी गणतन्त्र स्थापित गरि शासन चलाउन सकिन्छ भन्ने मनगढन्त सोंचलाई पनि परिमार्जन गर्नुपर्छ। नेपालको राजनीतिक , सामाजीक प्रगतिमा पारम्परिक राजतन्त्र एउटा वाधक हो र कि त यसले आफूमा वास्तविक सुधार गरेर सर्वसाधारणकै जीवनशैलि अपनाउन सिक्नुपर्छ कि त यसलाई सदाका लागि समाप्त गरिनुपर्छ भन्ने दृष्टिकोण क्रमश बलियो हुदै गइरहेको परिप्रेक्ष्यमा अब माओवादीहरुले आफ्नो लक्ष्य जनवाद नभएर प्रजातान्त्रिक गणतन्त्र हो भन्ने घोषणा ग-यो भने माओवादी आन्दोलनले अपेक्षाकृत सफलता प्राप्त गर्न सक्ला कि भनेर अपेक्षा गर्न सकिन्छ। यद्यपी यो लक्ष्यपनि तत्कालका लागि त्यति सहज देखिन्न, अपितु यो बाटोले दीर्घकालमा आफ्नो गन्तव्य पहिल्याउने सम्भावना प्रसस्त छ।
Read Full Discussion Thread for this article