Posted by: Dada_Giri March 26, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सन्जुको याद आयो सन्जु काव्य चतुर्थ भाग "ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!" हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो। बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो। सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई। "कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला हामी काकाको कोठाँ पुगियो। *** *** *** पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र? अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई। आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।" "अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।" मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के। *** *** *** हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो। काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" । "काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो। "ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।" हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।
Read Full Discussion Thread for this article