Posted by: Dada_Giri March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
दर्शन है! राम्रो काम गर्नु भा छ। मलाई आशा एवम् विश्वाश छ कि नेपाली रोमानाइज्ड युनिकोडले सबै नेपाली फन्टहरुको एकिकरण गर्नेछ। यसलाई कम्युटर र भाषाका पण्डितहरुको एउटा ग्रुप नै मिलेर बिकास गर्दै लैजानु पर्छ जस्तो मलाई लाग्छ। तपाईँ यहाँ चाहिएकै बेलामा आउनू भो। मेरो प्रश्न निम्न बमोजिम छ, १, यसलाई बिकास गर्दै लैजानको लागि के कस्तो प्रयास भइरहेको छ, कृपया झर्को नमानी बताइदिनु होला। २, हाम्ले नि यसो सहयोग गर्न सकिने ठाउँ छ कि। ३, "खुट्टा" लेख्दा त्यो ट को तल आधा ट झुण्डिन्छ नि त्यो कसरी लेख्ने होला। अरु नि छन्, प्रश्न पछि थप्छु है। मलाई यो नेपाली रोमनाइज्ड युनिकोडमा टाइप गर्न थालेपछि अरु फन्ट त जमाना भन्दा धेरै पछि भए जस्तो पो लाग्न थाल्यो त। कालेको चर्तिकला ज्यु, १, औ टाइप गर्नलाई सिफ्ट र डब्ल्यु सँगै थिचेर हेरम्। २, तिन धर्के नै त हैन तर ण टाइप गर्नलाई सिफ्ट र एन् सँगै थिचेर हेरम्। उही दादा गिरी ... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....
Read Full Discussion Thread for this article