Posted by: newuser March 20, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
माओवादी अध्यक्ष प्रचण्डलाई खुल्लापत्र न्युयुजर ?प्रिय प्रचण्डजी, तपाइ नेपालमा पारम्परिक सैनिक शक्तिको केन्द्र दरबारलाई पराजित गरि जनवादी शासन स्थापना गर्ने अभिष्ट लिएर दशौं हजार युवाहरुलाई सशस्त्र युद्धका लागि परिचालित गरिरहेको पार्टी नेकपा माओवादीका शक्तिसाली अध्यक्ष तथा तपाईंहरुकै शब्दमा जनमुक्ति सेनाका कमाण्डर पनि हुनुहन्छ। तपाईंको नेतृत्वमा माओवादी विद्रोहीहरुले विगत एक दशकमा नेपालको मूख्यतया प्रहरी र केहि हदसम्म सैन्यबललाई पनि कतिपय युद्धमोर्चाहरुमा पराजित गरि केहि सैन्य सफलता हाशिल गरेकाले तपाईंहरुको पार्टी हाल नेपालको एउटा उल्लेख्य शक्तिका रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा परिचित भएको छ भन्ने तथ्यलाई नकार्न सकिदैन। विगतमा तपाईहरुले युद्धमैदानमा हाशिल गरेको सफलतालाई नै आधार वनाएर माओवादी विद्रोहीहरुले अनेकौ पटक देखाएका आतंकवादी चरित्रहरुका वावजूद उनिहरु देशको एउटा राजनीतिक शक्ति हुन् र उनिहरुलाई राजनीतिको मूलधारमा सुरक्षित रुपमा अवतरण गर्न दिइनुपर्छ भन्ने मान्यता मुलुकको विद्वत बर्ग र नागरिक समाजले राखेको हो। सदरमुकाम केन्द्रित सरकारी सुरक्षा संयन्त्र माथी बेलाबेलामा धावा बोली उनिहरुको अखडा केहि घण्टासम्म कब्जामा लिन सक्नु, धेरै हताहति निम्त्याउन सक्नु र हतियार लुट्न सक्नुलाई नै तपाईहरुले जनयुद्धको सफलताका रुपमा लिइरहनु भएको छ भन्नेकुरा तपाईहरु स्वयंबाट बेलाबेलामा आइरहेका वक्तव्य र प्रचारबाजीबाट बुझ्न सकिन्छ। यद्यपि तपाईहरुको जनमुक्ति सेनाले निरन्तर रुपमा सरकारी सेनामाथी ठूलो स्तरका हमलाहरु गर्न नसक्नु, सेनालाई पराजित गरेका स्थानहरुमा दीर्घकालिन उपस्थिति जनाउन नसक्नु र थोरै संख्यामा तर नियमित तवरले तपाईका लडाकूहरु सरकारी सेनाबाट मारिइरहनु पनि सिक्काको अर्को पाटोबाट देखिरहेको अर्को यथार्थता हो। दश वर्षको अवधिमा प्राप्त सफलताका कारण तपाईहरु सवै या तपाईंहरु मध्ये केहिलाई यहि जनयुद्धलाई निरन्तरता दिएर नेपालको केन्द्रिय शासन सत्ता हत्याउन सकिन्छ भन्ने आशा जागृत भएकोह हुनसक्छ। एक्लै सत्ता कब्जा गर्न सकेमा हामीले चाहेकै ढंगले शासन चलाउन सक्छौं भन्ने महत्वाकांक्षा पनि तपाईहरुमा नरहेकोहोला भन्न सकिन्न। आशा गर्नु र महत्वाकांक्षा राख्?नु अवश्य पनि नराम्रो होइन तर त्यो कतिसम्म प्राप्य होला भन्ने कुरा पनि विचारणिय हुन्छ। देशको वास्तविकता र अन्तराष्ट्रिय राजनीतिक परदृश्यलाई पनि विश्लेषण गर्दा र तपाईहरुको सैनिक सफलतालाई बिचार गर्दा के कुरामा प्रष्ट हुन सकिन्छ भने माओवादी एक्लैले नेपालमा पारम्परिक राजतन्त्रलाई पराजित गरि जनवादी सत्ता लागु गर्न कम्तिमा अबको आधा शताव्दि सम्ममा पनि सम्भव र ग्राह्य देखिदैन। बरु तपाईका अल्पमत पक्षका नेता वावुराम भट्टराईले भनेझै प्रजातान्त्रिक गणतन्त्र स्थापनाको लक्ष्य प्राप्त गर्न राजतन्त्रको आवश्यकता नदेख्?ने सवै शक्तिहरुसंग सहकार्य गर्नु तपाईंहरुका लागि हितकर ठहरिनेछ। नेपालमा अहिले राजतन्त्रको निरन्तरतालाई आवश्यक नठान्ने मानिसहरुको संख्या बढ्दै गइरेकोछ र सम्भवत यो जनमतनै देशको निर्णायक मत हो भन्ने अनुमान असान्दभिर्क नरहला। तर देशमा कम्युनिष्ट गणतन्त्रको स्थापनालाई मान्न तयार जनमत बन्ने सम्भावना बदलिदो विश्व परिस्थितिका कारण क्रमश क्षिण वन्दै गइरहेको यथार्थलाई तपाइजस्तो राजनीतिको कुशल खेलाडी र सफल संगठकले आत्मसात गर्नेपर्ने हो। यदि लक्ष्य प्राप्ति कठिन मात्र नभै असम्भव देखिन्छ भने आफ्नो सामर्थ्य त्यसमा खर्चनुको औचित्य रहन्न। त्यस स्थितिमा लक्ष्यलाई व्यवहारिकता प्रदान गर्न आफ्ना अवोधगम्य हठहरुलाई परित्याग गरि यथार्थपरक र वस्तुनिष्ठ उद्येश्य तय गर्नुपर्छ।त्यसकारण यदि तपाईंको पार्टी साच्चैनै देशलाई व्यवहारिक परिवर्तन दिन चाहन्छ भने जनवादी गणतन्त्रको स्वप्निल लक्ष्यलाई पछाडी छाडेर राजाको सम्वैधानिक सर्वोच्चतालाई अस्विकार गर्ने शक्ति तथा जनसमुदायसंग सहकार्य गरि प्रजातान्त्रिक गणतन्त्रको सम्भव लक्ष्य निर्दिष्ट गर्नु तपाईहरुको राजनीतिक सुझबुझ हुनेछ। यो लक्ष्य प्राप्त गर्न शुरुमा दरबारसंग मध्यमार्गी सम्झौता गरेपनि खासै घाटा नलाग्ने कुरा राजतन्त्रको बढ्दो अलोकप्रियतासंग गासेर हेर्न सकिने रणनीतिक चातुर्य हो। यसबाट एकातिर देशमा हिंशा र रक्तपातको जोखिम पनि घट्नेछ भने अर्कोतर्फ राजतन्त्रको सान्दर्भिकता नदेख्?ने तर शान्तिपुर्वक त्यस्तो संक्रमण भएको हेर्न चाहने उदार गणतन्त्रादीहरुको समर्थन हाशिल गर्न पनि सकिनेछ। अन्यथा एक्लै शाही नेपाली सेनालाई परास्त गरि राजतन्त्र उखलेर नेपालमा कम्युनिष्ट गणतन्त्र स्थापना गर्न र अन्तराष्ट्यि जगतबाट एक्लिएर त्यसलाई निरन्तरता दिन सकिन्छ भन्ने हठ माअनोवादी नेतृत्वले लिइरह्यो भने तपाइहरुको राजनीतिक जीवन त्यसै खेर जानेछ। अनि देश पनि बाह्य शक्तिकेन्द्र र स्वदेशी सामन्तहरुको पंजामा अझ कडा रुपमा जकडिनेछ र तपाहरुले अहिलेसम्म जोडेको शक्ति पनि क्रमश कमजोर हुदै तहसनहस हुनपुग्नेछ। । तसर्थ तपाईंहरु वास्तवमै देशलाई ठोस राजनीतिक परिवर्तन? दिन चाहनुहुन्छ भने जनवादी गणतन्त्रको रुमानी कल्पनालाई छाडेर समस्त गणतन्त्रवादी सोच राख्?ने जनसमुदायहरुसंग सहकार्य गर्ने औपचारिक घोषणा गर्नुहोस। देशमा हत्या हिंशा बढाउने भन्दा पनि आफ्ना लडाकु र कार्यकर्ताहरुलाई प्रजातान्त्रिक गणतन्त्रको सान्दर्भिकताको व्यापक प्रचार प्रसार गर्न लगाउने र नेतृत्व तहले तानाशाही राजतन्त्रको विरोध गर्ने सबै राजनीतिक शक्तिहरुलाई त्यस उपलब्धिका लागि संयुक्त आन्दोलनमा उत्रिन आव्हान गर्ने पहिलो कदम छिटो भन्दा छिटो चाल्नु मनासिव हुनेछ। तपाईहरुको सवभन्दा पहिलो काम आम जनसमुदायलाई आफूहरु आतंकवादी र उग्र कम्यूनिष्ट दुवै हाइनौ र हामी नेपालमा सामन्ति राजतन्त्रलाई तह लगाएर जनतालाई सत्ताको सर्बोच्च मालिक वनाउनका निम्ति लड्दैछौं भन्ने विश्वास जगाउनु हुनुपर्नेछ। हैन भने समयको प्रवाहले तपाईंहरुको अहिले सम्म आर्जित शक्तिलाई बगाएर निष्प्राण तुल्याई नदिकिनारको बगरमा हुत्यादिनेछ। समयको यथार्थपरक मागलाई बेवास्ता गर्ने भूल क्षणिक युद्ध उन्मादलाई आधार बनाएर कायम नराख्?न माओवादी अध्यक्ष प्रचण्डलाई एक शान्ति, न्याय र स्वतन्त्रता प्रेमी तर अराजनीतिक नेपाली नागरिकका हैसियतले मैले आव्हान गर्नुपरेको छ। To be contd.
Read Full Discussion Thread for this article