Posted by: newuser March 19, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
सम्भवतः 'मण्डले' शब्द पनि प्रवृत्ति, चरित्रका आधारमा स्थापित गरिएको हुनसक्छ । पञ्चायतकालमा विद्यार्थीको एउटा संगठनमा 'मण्डल' जोडिएको थियो । मण्डल जोडिएको संगठनस"ग आबद्ध केही विद्यार्थी- हुल्याहा, छुल्याहा, पोलाहा प्रवृत्ति बोकेर हि"ड्थे । त्यस्ता प्रवृत्तिका केही उपद्रयाले गर्दा 'मण्डल' शब्दमाथि नै आक्रमण गर्ने स्थिति आयो । तर पनि 'मण्डल' स"ग सम्बद्ध केही व्यक्तिका नराम्रो आचरणलाई यसरी शब्दमा नै प्रवेश गराउनु कति उपयुक्त हुन्छ, त्यो छुट्टै अध्ययनको विषय हो । नेपालीमा प्रयुक्त शब्दमा- मूल एकारान्त बाहेकमा- 'ए कार' जोड्दा प्रायः निकृष्ट अर्थ बुझिन्छ । 'चन्दन' जस्तो पवित्र अर्थवाची शब्द 'चन्दने' हुनासाथ अर्कै बुझिन्छ । 'दाउरो'- दाउरे, 'बन्चरो'- बन्चरे, 'कालो'- काले, 'राम'- रामे, 'घोगो'- घोगे, 'दान'- दाने, 'गहत'- गहते, 'कोदो'- कोदे, 'खप्पर'- खप्परे आदि । त्यसैगरी-'मण्डल'-बाट 'मण्डले' जन्माइदिए त्यसबेलाका भाषाज्ञाताले । 'मण्डले'मा झुन्ड्याइएका १. दलप्रमुख नेता र २ दल वा जमातमा सक्रिय भूमिका खेल्ने व्यक्ति- अर्थको यस शब्दस"ग कुनै सम्बन्ध नै देखि"दैन । 'नेता' वा दलको प्रमुख व्यक्तिलाई 'मण्डले' भन्न मिल्दैन । 'एकार' जोडेपछि स्वतः निकृष्ट अर्थतिर जान्छ । एकप्रकार 'गाली, अपमान वा होच्याइएको' भन्ने बुझिन्छ । 'अखिल' लाई 'अखिले', 'परिषद्'- परिषदे, 'संघ'- संघे, 'समाज'- समाजे- भन्दा यथार्थ अर्थबोध नभएझै"- 'मण्डल' बाट मण्डले बनाउ"दा मण्डलमा हुने यथार्थ अर्थबोध हु"दैन । तर्सथ कोशमा दिइएका चार प्रकारका अर्थमध्ये अघिल्ला दर्ुइ अर्थका यस शब्दस"ग कुनै मेल हु"दैन । पछिल्ला दर्ुइखाले अर्थलाई सिद्ध गर्नमात्र अघिल्ला अर्थ राखिएको प्रस्ट हुन्छ । यसरी प्रयोग गर्नै नमिल्ने अर्थको कुनै प्रयोजन छैन । पछिल्ला दर्ुइ अर्थ भने प्रवृत्तिगत र चरित्रका आधारमा प्रयोग गर्न खोजिएको देखिन्छ । यस्ता शब्द र अर्थले कुनै व्यक्तिविशेष वा दलविशेषलाई अप्ठ्यारो नपार्नुपर्ने हो । राम्रो चरित्र, बानीबेहोरा र अर्काको अहित नचिताउने स्वभावको विकास हुने र गर्ने मान्छेलाई यस्ता शब्दले चित्त दुखाउ"दैन । 'मण्डले' एक प्रकार 'रुढ' मिथकीय शब्द बनिसकेको छ- नेपाली समाजमा । शब्दकोशबाट हटाए पनि फरक पर्दैन । शब्दकोशमा नराख्ता पनि हुन्छ । समाजभित्र असंख्य यस्ता निकृष्र्टार्थक शब्द प्रचलित छन्, तर शब्दकोशभित्र प्रवेश गराउ"दा अर्कै नकारात्मक स्थिति उत्पन्न हुने हु"दा कोशमा प्रवेश गराइ"दैन र गराउनु पनि हु"दैन । समाजमा प्रचलित भएकै कारण शब्दकोश र लोकोक्ति कोशमा प्रविष्टि पाएका सयौं शब्द र उक्ति हटाउनुपर्ने भएको छ । जाति, धर्म, वर्ण्र्ाालिंग आदिलाई हेपेर र हियाएर प्रयोग गर्ने गरिएका शब्दले भेद, झैझगडा उत्पन्न हुने अवस्था देखिएको हु"दा 'कोश'हरू पुनः सम्पादन गर्नुपर्ने भएको छ । यो 'मण्डल' शब्दमात्र अपवाद होइन । अन्य कतिपय शब्दको तुलनामा यो शब्द सामान्य हो । चरित्र र प्रवृत्तिका आधारमा जन्माइएका, प्रयोग गरिएका शब्दले त्यति अप्ठ्यारो पार्दैन । त्यस्तो अर्थबोध हुने शब्दगत चरित्र र प्रवृत्तिमा नलाग्ने व्यक्तिलाई छु"दैन । त्यसकारण यो 'मण्डले' शब्द सामान्य हो । यो शब्दबाट 'व्यञ्जनागत' भावका आधारमा उत्पन्न गरिएका यस्ता अर्थस"ग तर्सिनु पर्दैन ।
Read Full Discussion Thread for this article