Posted by: newuser March 19, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
शब्द र अर्थका बारेमा, शब्दार्थ र निहितार्थका सम्बन्धमा निक्र्योल गर्न गार्?हो छ । शब्दको अर्थ एउटा लाग्ने तर श्रोताले अर्कै बुझ्ने । उच्चारण र ध्वनिका आधारमा एउटै शब्दले धेरै अर्थबोध गराउने । मुख्य अर्थ -अभिधा), विशेष प्रयोजनीय अर्थ -लक्षणा) र अझ गूढ अर्थ दिने -व्यञ्जना) गरी एउटै शब्दलाई विभिन्न ढंगबाट प्रयोग गर्ने चलन पनि चलिआएको छ । एउटै शब्दको यात्राक्रममा सामान्य अर्थबाट क्रमशः अर्थ विस्तार, अर्थ संकुचन, अर्थान्तर, अर्थ उत्कर्षर अर्थ अपकर्षहुने प्रवृत्ति पनि उहिल्यैदेखि पाइएको छ । भाषा जीवन्त सत्ता भएकाले समय परिस्थितिअनुसार परिवर्तन भइरहन्छ । भावसादृश्य, वातावरण, चेतनप्रक्रिया, अभिजात्य प्रवृत्ति आदि धेरै विषय छन्, शब्दको अर्थमा परिवर्तन ल्याउने तत्त्व । 'पाखण्ड' शब्द एउटा विशेष सम्प्रदायका लागि प्रयोग हुन्थ्यो । पछि गएर पाखण्ड-पाखण्डका बीच संर्घष्ा, घृणाद्वेष फैलिन थाल्यो । आज त्यही पछिल्लो विषय समातेर पाखण्डको अर्थ 'आडम्बर, झूटो' बुझिने भयो । 'राम्ररी घेरा हाल्नु' अर्थबोध हुने 'परिवार' शब्दको अर्थ आज अर्कै भएको छ । 'छवटा यन्त्र भएको कोष्ठ' का लागि प्रयोग हुने 'षड्यन्त्र' शब्दले बुझाउने अर्थ अर्कै छ । 'बलपर्ूवक गरिने काम' बलात्कार शब्द सुन्दा आज कान थुन्नुपर्ने हुन्छ । 'राम्रो बाटो हि"ड्न सिकाउने' 'महाजन' शब्द यतिबेला गाली दिएको झैं ठानिन्छ । विद्वान्-सज्जनहरूको आगमन, भेलाबोध गर्ने सम्मानवाचक शब्द- 'समागम' को अर्थ दर्ुगति विचारणीय छ । कुनै बेला 'सामन्त' शब्द उच्च अर्थवान् थियो । यतिबेलाको 'सामन्त' बबुरो भएको छ । पण्डित, गुरु, शास्त्रीजस्ता शब्दको पनि हा"सो उडाइन्छ । 'नेता' जस्तो शब्दको अर्थ पनि यतिबेला धेरै तल झरेको छ । 'पञ्चायत' शब्द समाजको एउटा आदरणीय र सबैले मान्ने काम गर्ने संस्था वा व्यक्तिका निम्ति प्रयोग हुन्थ्यो । तर नेपाली समाजमा तीसवर्षो कालरात्रिको बोध गराउने अर्थबोध गराउ"छ । त्यस अवधिमा 'माननीय' अञ्चलाधीशजस्ता थुप्रै राम्रा शब्दलाई अर्थ अपकर्षरूपमा बुझ्नुपर्ने स्थिति आएको हो । 'परमधाम' उत्तम-सुन्दर क्षेत्र-स्थान- अर्थबोध हुने शब्दले 'मृत्यु' जनाउने भएको छ । ठूलठूला महल भवनका बाहिरपट्ट-ि 'कुटी' लेखिएको पाइन्छ । नया" पुस्ताले महल, भवनजस्ता शब्दकै पर्याय रूपमा 'कुटी' बुझ्ने गर्दा पनि भयो । 'मण्डले' शब्दको निर्माणमा पनि तत्कालीन भाषाविद्ले यस्तै कुनै बुद्धिको प्रयोग गरेका होलान् । त्यसो त छ्यालीसपछि थुप्रै नया" शब्द भित्रिएका छन् । 'अन्तरक्रिया' को शाब्दिक अर्थ हर्ेर्ने हो भने- आज चलेको अर्थस"ग कुनै सम्बन्ध छैन । 'अन्तर्घर्ाा पनि नवीन अर्थमा आएको छ । त्यस्तै 'चलखेल' शब्द पनि नया" हो । 'तोरीलाउरे' ले पनि निकै चर्चा पाएको छ । यस्ता शब्द प्रवृत्तिका आधारमा जन्मिन्छन् ।
Read Full Discussion Thread for this article