Posted by: newuser March 19, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
यो बृहत् शब्दकोशको निर्माण योजना ठूलो थियो । नेराप्रप्रका तत्कालीन उपकुलपति माधवप्रसाद घिमिरेको अध्यक्षतामा बालकृष्ण पोखरेल, डा. वासुदेव त्रिपाठी, डा. वल्लभमणि दाहाल, धनवज्र बज्राचार्य, काशीनाथ तमोट र विजय मल्ल समेतको नेपाली शब्दकोश समिति बनेको थियो । साथै एक दर्जनभन्दा बढी व्यक्ति सहयोगी थिए । ठूलै योजना र धेरै खर्चमा निर्माण भएको थियो यो कोश । शब्द पनि पुराना र नया" थप, नया" व्याख्या परिभाषाका धेरै नै बटुलिएको देखिन्छ । तर पनि यसभित्र धेरै त्रुटि र कमजोरी भेटिन्छ । अपुग छ । अधूरो छ । यो प्रसंग पनि यति नै । शब्दकोश निर्माण नदी प्रवाहजस्तै हो । अनन्त र निरन्तर । समय स"गस"गै नवीन खोज, अनुसन्धान बढ्दै जान्छ । नया" वस्तु खोजीले नाम दिन्छ, नाम दिएपछि अर्थ पनि खोजिन्छ । विश्वको भाषिक र शब्दकोशीय व्यवस्था हर्ेदा प्रत्येक क्षण नया"-नया" शब्द र अर्थ भेला हुने गरेको भेटिन्छ । भाषाको कुरा अत्यन्तै जटिल हुन्छ । देख्ता सामान्य लागे पनि भाषाभित्रको तरंग अत्यन्तै शक्तिशाली हुन्छ । 'भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति'- समले बुझेरै भनेका थिए । मानवजीवनका सम्पर्ूण्ा क्रियाकलाप, चिन्तन-मनन तथा अभिव्यक्तिको सबभन्दा सशक्त माध्यम भाषा नै हो । भाषामा आवश्यकता र परिस्थितिअनुसार उपयुक्त शब्द प्रयोग र अर्थविधानमा परिस्कार र परिवर्तन भइरहन्छ । परिवर्तन भइरहनु नै भाषाको जीवन्तता हो । भाषा र अर्थको सम्बन्ध मनुष्यस"ग हुने हु"दा मनुष्य परिवर्तित भइरहेझै" भाषामा पनि अर्थ परिवर्तन भइरहन्छ । शब्द र अर्थबारे व्याख्या विवेचना हुने क्रम प्राचीनकालदेखि नै निरन्तर छ । यो कहिल्यै पूरा नहुने विषय हो । मानवजाति रहेसम्म भाषा रहन्छ । भाषा रहेसम्म अर्थ पनि रहन्छ अनि त्यसको परिवर्तन पनि भइरहन्छ । प्रत्येक शब्दको अर्थ हुन्छ भन्ने नित्यसिद्ध छ । तर कुनै विशेष शब्दको कस्तो अर्थ हुन्छ, त्योचाहि" सामयिक हुन्छ । त्यसकारण शब्द र अर्थको सम्बन्ध यादृच्छिक परिवर्तनशील हुनु स्वाभाविक मानिन्छ । शब्दको अर्थ परिवर्तन तर्कशास्त्रको विषय होइन । यो मनोवैज्ञानिक विषयभित्र पर्छ । भाषा शब्द र अर्थका बारेमा, शब्दकोशका सम्बन्धमा अत्यधिक अध्ययन भएको छ, भइरहेको छ । यो सा"च्चै नै अनन्त र निरन्तर चल्ने विषय हो ।
Read Full Discussion Thread for this article