Posted by: newuser March 19, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
मण्डले? शब्दस?ग जोडिएको भाषिक प्रसंग डा. तुलसी भट्टर्राई - गएको फागुन २० गतेको कान्तिपुरमा वरिष्ठ साहित्यकार्रर् इश्वरवल्लभले आफ्नो स्तम्भ 'सीमान्तवर्ती' भित्र 'मण्डले' शब्दको अर्थबारे चर्चा गरेको पाइयो । मण्डले शब्दको केही अर्थ नियतवश थपिएको कुरा उठाइएको छ । आशय छ- जानाजान यसरी नराम्रो अर्थ थपियो । हुन पनि यस्तै देखिन्छ, सरर्सर्ती हर्ेदा । मण्डले शब्दको प्रविष्टि ०४० मा निर्मित 'नेपाली बृहत् शब्दकोश'मा मात्र भएको छ । अघिल्ला शब्दकोशहरूमा मण्डल र मण्डलीपछि मण्डलेश्वर पाइन्थ्यो । पछिल्लोमा मण्डले शब्द थपिएपछि अर्थ पनि लेखियो- १. दलको प्रमुख नेता । २. दल वा जमातमा सक्रिय भूमिका खेल्ने व्यक्ति । ३. छुल्याहा, बदनामी कमाएको उद्धत । ४. अरूको अहित चिताउने, उपद्रवी । यी अर्थमध्ये पछिल्ला दुइटामा मात्र आपत्ति जनाइएको रहेछ, सीमान्तवर्ती आलेखमा । 'एउटा असलवाचक शब्दलाई कुनै नियतवश अर्को अर्थको प्रयोग गर्न खोज्नु कदापि ठीक होइन । अर्थ विचलन वा विखण्डन गर्दा डरलाग्दो व्रि्रह वा व्यवधान उत्पन्न हुन्छन् । यस्तो गर्नु हु"दैन ।' आदि भनाइ लेखमा थियो । नेपाली भाषा व्याकरण कोशबारे खोजी हुन थालेको दर्ुइ सय वर्षपनि पुगेको छैन । वि.सं. १८६८ मा डब्लुजे कर्कपेटि्रक र १८७७ मा सीयु एटनले प्रारम्भ गरेको भाषा शब्दकोश अभियान १९८८ मा आरएल र्टनरद्वारा केही व्यवस्थित भएको थियो । हाम्रो नेपाली भाषा शब्दकोशमात्र होइन, इतिहास, संस्कृति, धर्म र परम्प्ाराजस्ता विषय पनि विदेशीले निर्धारण-मानकीकरण गर्दै आएका छन् । यो प्रसंग छुट्टै हो । पछि चक्रपाणि चालिसे, रामचन्द्र ढुंगाना, पारसमणि प्रधान आदि हु"दै ०१९ मा 'नेपाली शब्दकोश' नामबाट केही व्यापक र ठूलो आकारमा बालचन्द्र शर्माको शब्दकोश नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भयो । अझ केही विस्तृत र आधुनिक ढंगबाट ०४० मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाटै 'नेपाली बृहत् शब्दकोश' छापियो । यस अघिका शब्दकोश व्यक्तिगत प्रयासमा प्रकाशित हुन्थे । एउटै व्यक्तिको विशेष भूमिका रहन्थ्यो ।
Read Full Discussion Thread for this article