Posted by: Nepe March 18, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
माओबादीले लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्छौं भनेर भन्दै आएका छन्, प्रचण्डले पनि हालैको उनको शाही घोषणामा त्यसलाई पुनर्पुष्टि गरेका छन् । उनीहरुको धर्मशास्त्रमा पनि लोकतान्त्रिक गणतन्त्र (पुँजीवादी गणतन्त्र) एक चरणको रुपमा स्वीकार्य हुने वेदवाक्यहरु छन् । यी लक्षणहरु सकारात्मक हुन् । तर हामीले उनीहरुलाई सदैव शंका गरिरहन पर्छ । जबसम्म एमालेलाई मदन भन्डारीको 'जनताको बहुदलिय जनवाद' ले रुपान्तरण गरेजस्तै गरी माओवादीहरुले वृहद सांगठनिक रुपान्तरण गर्दैनन्, तबसम्म उनीहरुलाई खतरनाक कम्युनिष्टहरुको रुपमा हेरिरहनु पर्छ । राजाको विरुद्द लडेर उनलाई हराएका जनताको निम्ति माओवादी विरुद्ध लडेर तिनलाई हराउनु कत्ति पनि गाह्रो होईन, यदि आवश्यक परेछ भने । जहिले र जसरी भएपनि गणतन्त्र आएरै छाड्नेछ नेपालमा अब । अन्त्यमा, क्रान्तिको यो रूमानी कल्पना सात समुन्द्र पारी बसेर गर्ने नैतिक अधिकार नेपेलाई कहाँबाट आयो ? कहींबाट पनि आएको छैन । तर जहाँ पुगेर, जुन छाती थापेर त्यो अधिकार लिनुपर्ने हो, त्यसको निम्ति उ तयार छ । यो प्रतिवद्धता आजको होईन, वर्षौं अघि स्वीकार गरिएको हो, सम्पूर्ण सचेतनाका साथ, सम्पूर्ण ज्ञानका साथ, सम्पूर्ण हृदयका साथ । दुनिया मे नही आसाँ इस दिल को लगाना है इक आग का दरिया है और डुब के जाना है
Read Full Discussion Thread for this article