Posted by: Nepe March 18, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
यी फोहोरहरुको व्यबस्थापन के त यिनीहरुलाई भष्म गरेर गर्ने हो ? होईन । त्यो न आवश्यक छ, न संभव । यिनीहरुलाई त कम्पोस्ट मलमा रुपान्तर गरेर त्यसबाट लोकतन्त्र, सुशासन र प्रगतिको बाली सपार्नु पर्छ । त्यो कसरी गर्ने ? सबभन्दा पहिले त यिनीहरुलाई आपसमा लेनदेनद्वारा गुप्ती-अर्धगुप्ती संझौता गरेर त्यो जनतामाथि लाद्न दिन हुँदैन । त्यसको लागि हामी सारा सचेत नागरिकहरुले, अन्तर्राष्ट्रिय मित्रहरुले लोकतन्त्रको शर्तलाई आधारभूत मान्यताको रुपमा कोर्नुपर्छ- अर्थात् शर्त के हो भने राजा, माओवादी र राजनैतिक पार्टी तीनै पक्षले लोकतन्त्र भन्दा एक ईन्च पनि तलमाथि हुन पाउँदैनन् । लोकतन्त्रको सिद्धान्तबाट विपरित ध्रुवतिर विचलित दुई पक्ष, माओवादी र परम्परागत राजा, को शक्तीबिचको सामरिक सन्तुलनको फाईदा नै के भने हाम्रो लोकतन्त्रको आधारभूत शर्तको स्वनिर्माण । यिनीहरुले लोकतन्त्र स्वीकार गर्ने बित्तीकै लोकतन्त्रको सिद्धान्तबाट होईन कि व्यवहारबाट विचलित भएका राजनैतिक पार्टीहरुले त्यो स्वच्छ वातावरण र प्रतिस्पर्धा पाउछन्, जसबाट (तपाई हामी जस्ता असल र अभ्रष्ट मान्छे भएका :-) ) नयाँ अदिग्भ्रमित नेतृत्वको विकास हुनेछ । मुख्य कुरा त तपाईले भन्नु भएको जस्तै सबै पक्षले आफ्नो पुरानो सिद्धान्त र रुप बदल्दा ईज्जतै जाने ठान्न भएन । माओवादीले साम्यवाद त्यागेर लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीति गर्न, राजाले श्रीपेच त्यागेर लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीति गर्न र राजनैतिक पार्टीहरुले गैरलोकतान्त्रिक व्यवहार त्यागेर लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीति गर्न लाज मान्न भएन । उनिहरुलाई त्यसमा लाज नलाग्ने गराउन तपाई हामीहरुले उनिहरुको अलोकतान्त्रिक काम-कदमको स्वागत गरेर होईन, विरोध गरेर मात्र सक्छौं ।
Read Full Discussion Thread for this article